७ वैशाख २०८१ शुक्रबार
अन्य

टिसर्टमा रमाइला प्रिन्ट

हालै सार्वजनिकभएको चलचित्रदुई रुपैयाँको ट्रेलरमाजुरेलीकारूपमा प्रस्तुतनिश्चल बस्नेतलाई अधिकांश दृश्यमामिन्टकलरको एउटै टिसर्टमा देखाइएको छ । एउटा दृश्यमाभने उनी फरक टिसर्टमा देखिएका छन् । कालो पृष्ठभूमिको क्रु नेक टिसर्टमा लेखिएको छ, ‘आँखालोभी मन पापी, छैन मेरो ।’

यसअघिचलचित्र‘लुट टु’को ठमेल बजारको गीतमानाच्दालगाएको गोल्ड स्टार जुत्ताको चर्चा निकै भएको थियो । यसपालि देखिएको उनको यो टिसर्टमा छापिएको कोटेसनले पनि ट्रेलरमा धेरैको ध्यानतानिसकेको छ ।

पात्रको स्वभाव र कथाअनुसार त्यो टिसर्टको डिजाइन भएको निश्चलले बताए ।उनले भने,‘त्यस्तै खालको टिसर्ट चाहिएको भएर त्यो लगाइएको हो । हामीले त्यहीचलचित्रकै लागित्यो टिसर्ट प्रिन्ट गराएकाथियौँ।’

यो त भयो चलचित्रको कुरा ।अचेल बजारमारमाइलाकोटेसन प्रिन्ट भएकाटिसर्टमायुवाआकर्षण छ ।पहिले पनिचर्चित व्यक्तिकातस्बिर, भनाइतथाविभिन्न स्लोगनभएकाटिसर्ट बजारमानदेखिएकाहोइनन् । तर, पछिल्लो समय काठमाडौैंमाचलेकाप्रिन्टेड टिसर्टकाविशेषता फरक छन् । तीनिकै रमाइलाभनाइ र नेपालीअक्षरमाछापिएका कारण फरक भएको गौतम फेन्सी स्टोर वागबजारकासञ्चालकदीपकगौतम बताउँछन् । 

‘अंग्रेजीमाअनेक प्रकारका प्रिन्टेड आए । तिनलाईखासै कसैले वास्ता गरेनन् । यो नेपालीअक्षरमै लेखिएकाकारण मानिसको ध्यान जान्छ,’उनले भने ।

गौतमको स्टोरको ह्यांगरमा पनि पछिल्लो समय यस्तै रमाइलाकुरा छापिएका टिसर्ट झुन्डिएका छन् । उनी भन्छन्, ‘यस्तो खालका टिसर्ट धेरै आउन थालेको त्यस्तै ६महिना जति भयो ।’ आफ्नो पसलबाट ‘मेरो दारी,दुनियाँलाई किनभारी’ प्रिन्ट गरिएका टिसर्ट धेरै बिक्रीभएको उनले सुनाए ।

अचेल बजारमा रमाइला कोटेसन प्रिन्ट भएका टिसर्टमा युवाआकर्षण छ । पहिले पनि चर्चित व्यक्तिका तस्बिर, भनाइ तथा विभिन्न स्लोगन भएका टिसर्ट बजारमानदेखिएका होइनन् । तर, पछिल्लो समय काठमाडौ‌मा चलेका प्रिन्टेड टिसर्टका विशेषता फरक छन् ।

गौतमकाअनुसार युवाले आफूलाई मन लागेको कुरा प्रिन्ट गराएर लगाउँछन् । देख्नेहरूले त्यसैलाई फेरि प्रिन्ट गरेर लगाउने र बजारमा बेच्ने गरेका छन् । 

पछिल्लो समय ‘मेरो दारी, दुनियाँलाई किनभारी’ लेखिएको टिसर्ट सबैभन्दा बढी प्रिन्ट भएको हुन सक्ने गौतम बताउँछन् । जतासुकै पनिप्रिन्ट देखिएको यो भनाइको सिर्जनाभने ‘दारी ग्याङ’ले गरेको हो । 

दारी ग्याङको नाममा फेसबुकमाखुलेको सेक्रेट ग्रुपकासदस्यले ग्रुपको वालमाविभिन्न रमाइलास्टाटस पोस्ट गर्थे । तिनै रमाइलामध्ये छानेर आफूहरूले पहिले टिसर्ट छपाएको दारी ग्याङका एक एडमिन सदस्यअभिषेक राज सिंह थापाले बताए । 

उनले भने, ‘रमाइला स्टाटस छानेर टिसर्ट बनाएर लगाउने आइडिया ल्यायौँ। हामीले छापेर लगाउनथालेपछि अरूले पनि छपाएर लगाउनथाले ।’ दारी ग्याङले सुरुमा‘बियर्डेड फर हर प्लेजर’ र ‘वेलकम टु जंगल’भनेर अंग्रेजीमा प्रिन्ट गराएरर टिसर्ट लगाए । पछि ‘गालामा दारी, काँधमाजिम्मेवारी’ र ‘यो मेरो दारी, दुनियाँलाई किनभारी?’ छपाए । 
थापाले भने, ‘हामीले छपाएर लगाएपछि नेपालीमा लेखिएकायी टिसर्ट बजारमाधेरै देखिनथाले ।’ पछि बजारमा छ्यापछ्याप्ती देखिएका टिसर्ट भने दारी ग्याङले निकालेको होइन । 

दारी पाल्ने युवाले सामाजिक सञ्जालमाबनाएको समूह दारी ग्याङ हो । थापाकाअनुसार दारी पाल्ने युवालाई समाजले हेर्ने दृष्टिकोण फरक छ । समाजको त्यही दृष्टिकोणलाई व्यंग्यगर्न उनीहरूले कोटेसन प्रिन्टेड टिसर्ट निकालेकाथिए । 
उनी भन्छन्, ‘दारीवालायुवाकुलतमालागेका, बिग्रेका हुन्छन् भन्ने मिसकन्सेप्सनप्रतिसालीनआलोचनागर्न यो अभियानथालिएको थियो । दारी पालेकायुवालाई राम्रो कामगर्न प्रोत्साहितगर्न पनिहामीले थालेकाथियौँ ।’ टिसर्ट अभियानका पछाडि दारी धेरै पलाउने युवाले हीनताबोध नगरुन् भन्ने उद्देश्य समेत रहेको उनले बताए । थापा भन्छन्,‘दारी आउनु प्राकृतिकप्रक्रियाहो र दारी पाल्नु आ–आफ्नो रोजाइको कुरा हो । तर, दारी पाल्दैमाआममानिसभन्दा फरक दृष्टिकोण राख्नु आवश्यक छैन भन्ने सन्देश दिनखोजिएको हो ।’आफूहरूको सानो अभियान फेसन ट्रेन्ड बनेपछि भने आश्चर्यमा परेको थापाले बताए । 

दारीकायीदुईबाहेक अहिले बजारमाअरु विभिन्नभनाइ छापिएका टिसर्ट पनिछन् । ‘यो मेरो दारी, दुनियाँलाई किनभारी?’ ‘यो मेरो सानादुःखले आज्र्याको मुलुकहोइन’, ‘दालभातपावर, ट्वेन्टी फोर आवर’, ‘आइलाइक इट ह्वेन कान्छी स्माइल्स’, ‘ओ दाइ चुरोट होला?’ जस्ता नेपाली शैलीकारमाइलाप्रिन्ट भएका टिसर्ट बजारभरि पाइन्छन् । 

प्रकाशित: २३ श्रावण २०७४ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App