८ वैशाख २०८१ शनिबार
समाज

बन्दकर्ताले जलाए दुई ट्याक्सी, एक तोडफोड

काठमाडौं— विप्लब माओवादीले आह्वान गरेको बन्दका क्रममा काठमाडौंमा २ ट्याक्सी जलाइएका छन् भने ललितपुरमा एक ट्याक्सी तोडफोड गरिएको छ।

बन्दको अवज्ञा गरेको भन्दै विप्लब माओवादी कार्यकर्ताले यात्रुको भेषमा चढेर पेट्रोल छर्की मीनभवन र गोंगबुमा ट्याक्सी जलाएका हुन्। ललितपुरको मंगलबजारमा एउटा ट्याक्सी तोडफोड गरिएको छ।

ट्याक्सी आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लब माओवादी निकट मदजूर संगठनका अध्यक्ष योगेन्द्र कुमाललाई पक्राउ गरेको छ। उनी यसअघिको बन्दमा पनि ट्याक्सी आगजनी गर्दा पक्राउ परेका थिए।

मीन भवनमा बा १ झ ५२६२ नम्बरको ट्याक्सीमा आगजनी भएको हो। ट्याक्सी आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लब माओवादी निकट मदजूर संगठनका अध्यक्ष योगेन्द्र कुमाललाई पक्राउ गरेको छ। यसअघिको बन्दमा पनि ट्याक्सी आगजनी आरोपमा परेका उनलाई प्रहरीले केही दिन राखेर छोडेको थियो।

सोमबार बन्दका क्रममा राजधानीका विभिन्न स्थानबाट ७० जना बन्दकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीको साथबाट पेट्रोल समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७३ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App