८ वैशाख २०८१ शनिबार
कला

गायक अनिल सिंहमा किन आत्महत्याको सोच?

काठमाडौं – गायक अनिल सिंहले रोयल्टी नपाउँदा ‘आत्महत्या गर्ने सोच’ शीर्षकमा सामाजिक संञ्जालमा स्ट्याटस लेखेका छन्। ‘देशमा रहेका कयौं एफएम र टेलिभिजनमार्फत गीतहरु प्रसारण गरेबापत एक सुका पनि रोयल्टी पाएको छैन्। आफ्नै युट्युव च्यानलमार्फत गीतहरु राखेर कमाइ गर्ने अवसर पाए पनि केस गरेर च्यानल बन्द गरिदिएपछि कलाकारहरु टिक्ने नसक्ने अवस्थामा पुगेपछि आत्महत्या गर्ने सोच आएको हो,’उनले फेसबुकमा लेखेका छन्।

‘देशमा रहेका कयौं एफएम र टेलिभिजनमार्फत गीतहरु प्रसारण गरेबापत एक सुका पनि रोयल्टी पाएको छैन्। आफ्नै युट्युव च्यानलमार्फत गीतहरु राखेर कमाइ गर्ने अवसर पाए पनि केस गरेर च्यानल बन्द गरिदिएपछि कलाकारहरु टिक्ने नसक्ने अवस्थामा पुगेर आत्महत्या गर्ने सोच आएको हो।’

आफ्नै स्वर,संगीत र शब्द रहेको गीतहरुमा लगानी गरेर तयार गरेको म्युजिक भिडियो भएको युट्युव च्यानल बन्द भएपछि उनले निरासा पोखेका हुन्। इन्द्रेणी क्यासेट सेन्टर, म्युजिक डटकम, सम्झना अडियो भिडियो र रियाज म्युजिकसँग पाँच वर्षे सम्झौता समाप्त भइसकेपछि सबै गीतमा आफ्नो अधिकार हुनेपर्ने तर्क उनको छ। म्युजिक कम्पनीहरुले युट्युबमा प्रतिलिपि अधिकार दाबी गरेपछि उनको च्यानललाई युट्युबले निलम्बन गरेको हो।

‘युट्युव च्यानलबारे अनविज्ञ भएको कारण आफ्ना भिडियोहरु दुरुपयोग गरेर अन्य च्यानलकर्ताहरुले मनग्य आम्दानी गरिरहेका छन्। एफएम, टेलिभिजन र युट्युवले दिने रोयल्टीबाट कलाकारहरु बाँच्न सक्छन्। त्यसैले कलाकारहरु आफ्नो अधिकारको संरक्षण गर्न एकजुट हुनु जरुरी भएको छ’, उनले भनेका छन्। कलाकारहरुको गीत सुन्ने स्रोता र दर्शकहरुलाई समेत कलाकारहरुको रोयल्टीबारे सचेत भइदिन उनले आग्रह गरेका छन्।

गायक सिंहका ‘प्रेम पत्र’, ‘इन्जिन गाडीमा’, ‘घिनी घिनी’, ‘आइ लभ यु’, ‘सक्छौं भने’, ‘प्रेमिका’ र ‘विल यु म्यारी मि’ लगायत गीतहरु चर्चित भएका थिए। पछिल्लो समय उनले म्युजिक स्टेट स्टूडियो सञ्चालनमा ल्याएका छन्।

 

प्रकाशित: २५ श्रावण २०७४ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App