७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोरियाको आकाशमा अमेरिकी बम वर्षक विमान, जापान अलर्ट

अमेरिकी बम वर्षक विमान ल्यान्सर्स

टोकियो—जापान सरकारले छिमेकी देश उत्तर कोरियाको आक्रमक रवैयालाई ध्यानमा राख्दैमा मुलुकभर सुरक्षा अलर्टको घोषणा गरेको छ। उत्तर कोरियाले अमेरिक प्यासिफिक टापु गुआममा मिसाइल हमलाको चेतावनी दिएको सन्दर्भमा जापानले सुरक्षा अलर्ट घोषणा गरेको हो।

दक्षिण कोरियाका अधिकारीले जनाएअनुसार पछिल्लो हप्ता अमेरिकी बमवर्षक विमान दक्षिण कोरियाको उडान गरेको थियो। बी वान बी ल्यान्सर्स सो विमान कोरियाली प्रायद्वीपको आकासमा उडेको थियो। यो विमान अमेरिकी-दक्षिण कोरिया संयुक्त वायुसेना अभ्यासका क्रममा कोरियाई प्रायद्वीपमा तैनाथ गरिएको हो।

जापानको सरकारी समाचार संस्था क्योदोले रक्षामन्त्रीलाई उदृत गर्दै जनाएअनुसार उत्तर कोरियाको आक्रमक रवैयाले २४ घन्टै अलर्टमा रहनु पर्ने स्थिति आएको उल्लेख गरेको छ। 'के उत्तर कोरियासँग यस्तो हतियार छ अथवा छिटै उसले यस्तो हतियार हाँसिल गर्न सक्छ यो विषय गम्भीर छ', जापानी रक्षामन्त्रीले भनेका छन्।

जापान सरकारले सुरक्षासँग जोडिएका विषयलाई लिएर हालै श्वेतपत्र जारी गरेको थियो। सो कागजातमा उत्तर कोरियासँग पहिलैदेखि सानो परमाणु हतियार भएको उल्लेख छ। सो परमाणु हतियार लामो दूरीको मिसाइलमा फिट गर्न सकिने किसिमको भएको जापानको विश्लेषण छ। उत्तर कोरियाको परमाणु तथा मिसाइल कार्यक्रमले गर्दा विश्वमा नयाँ खतरा पैदा भएको जापानको बुझाइ छ। जापानका एक मन्त्रीले उत्तर कोरियाली मामिलाबारे सबै सूचना गम्भीर रुपमा संकलन भइरहेको जानकारी दिए।

कोरियाली आकासमा अमेरिकी बमवर्षक विमान

दक्षिण कोरियाका अधिकारीले जनाएअनुसार पछिल्लो हप्ता अमेरिकी बमवर्षक विमान दक्षिण कोरियाको उडान गरेको थियो। बी वान बी ल्यान्सर्स सो विमान कोरियाली प्रायद्वीपको आकासमा उडेको थियो। यो विमान अमेरिकी-दक्षिण कोरिया संयुक्त वायुसेना अभ्यासका क्रममा कोरियाई प्रायद्वीपमा तैनाथ गरिएको हो। अमेरिकी सेनाको आधार शिविर ग्वाम टापुबाट सो विमान कोरिया आएको हो।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियालाई धम्की दिँदै यदि अमेरिकाको जस्तो व्यवहार गरिरहे अस्तित्व बचाउने संकट सामना गर्नुपर्ने चेतावनी दिएको छ।

प्रकाशित: २५ श्रावण २०७४ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App