coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बलिउड कलाकार पञ्चालको निधन

नयाँ दिल्ली – बलिउडमा लामो समयदेखि क्रियाशिल कलाकार सिताराम पञ्चालको निधन भएको छ । विगत तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रसित उनको बिहीबार निधन भएको हो। 

उनले सन् १९९५मा निर्मित चलचित्र बैडिट क्वीन, २००९ मा स्लमडोग मिलिनियर, २०१० मा पीपली लाइभ, २०१३ मा  पान सिंह तोमर र सन् २०१३ मा जोली एल्एल्बी लगायतका चलचित्रमा अभिनय गरेका थिए। 

उनको उपचारका लागि आर्थिक संकलन गर्नका लागि केही समय यता सामाजिक सञ्जालमा एक कार्यक्रम नै सञ्चालन गरिएको थियो। 

उनको परिवारमा उनीमात्र अर्थोपार्जन गर्ने व्यक्ति थिए । उनको निधनसँगै परिवारलाई ठूलो धक्का लागेको छ। 

प्रकाशित: २६ श्रावण २०७४ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App