coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोल डान्स सिक्न घरमै पोल !

मुम्बई– बलिउडमा चम्कँदै गरेकी श्रीलंकाली मोडल तथा अभिनेत्री ज्याकलिन फर्नान्डिजले पोल डान्स सिक्न घरमै पोल राखेर अभ्यास गरेको खुलासा गरेकी छिन् । ज्याकलिनले फिल्म ‘जेन्टलमेन’मा पोल डान्सरको भूमिका निर्वाह गरेकी छिन्।

फिल्ममा आफ्नो चरित्रलाई विश्वसनीय देखाउन उनले घरमै पोल राखेर अभ्यास गर्दै गरेको फोटो सार्वजनिक गरी आफ्नो काम प्रतिको लगाव उजागर गरेकी हुन् । फिल्मकी पात्र काव्याले पोल डान्स गर्नुपर्ने दृश्य छ । यही फिल्मका लागि डान्स सिक्ने क्रममा उनले पोल डान्स फिटनेसका लागि पनि प्रभावकारी भएकाले घरमै पोल गाडेकी हुन्।

ज्याकलिनमाथि छायांकन गरिन लागेको गीत ‘चन्द्रलेखा’मा सुरुमा ज्याकलिनको केही दृश्य पोलमा खिच्ने योजना थियो । तर, उनको प्रभावकारी नृत्यले जब समूहका सबै मन्त्रमुग्ध भए तब उनीहरूले पूरै गीत पोल डान्समै खिच्ने निर्णय गरे।

ज्याकलिनले पनि पोल डान्स गरिरहेको भिडियो बारम्बार पोस्ट गरिरहेकी छिन् । इन्स्टाग्राममा राखेका सो भिडियोमा उनले नृत्यका लागि मेहनत गर्दै गरेको देख्न सकिन्छ । सन् २००८ मा रिलिज भएको फिल्म ‘अलाद्दिन’बाट बलिउडमा डेब्यु गरेकी ज्याकलिनले बलिउडमा ८ वर्ष पूरा गरिसकेकी छिन्।

उनको पछिल्लो फिल्म ‘जेन्टलमेन’ दुई हप्तापछि रिलिज हुँदैछ । सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा रहेको फिल्मलाई राज र डि.के मिलेर निर्देशन गरेका हुन् । दुवैले यसअघि सैफअलि खानलाई लिएर ‘गो गाोवा गन’ निर्देशन गरेका थिए । सलमान खानको अपोजिटमा अभिनय गरेको ‘किक’ ज्याकलिनको सर्वाधिक सफल फिल्म मानिन्छ । सिड्नी विश्वविद्यालयबाट आमसञ्चारमा स्नातक गरेकी ज्याकलिन बलिउड छिर्नुअघि श्रीलंकाली टेलिभिजनको रिपोर्टर थिइन्। 

प्रकाशित: २७ श्रावण २०७४ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App