coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

थापाथलीमा टाटा माेटर्सकाे नयाँ साेरूम

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले थापाथलीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार एक औपचारिक कार्यक्रम गरी सोरुम सञ्चलानमा ल्याएको हो। 

चार हजार वर्गफिट क्षेत्रमा फैलिएको उक्त सोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल सोरुमको रहेको कम्पनीले जनाएको छ। 

सोरुम उद्घाटन समारोहमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले सिप्रदीसँगको साझेदारी निरन्तर अघि बढेको बताए। 

‘देशभर फैलिएका ग्राहकसम्म पुग्ने हाम्रो निरन्तर प्रयासको परिणाम स्वरुप आज यस सोरुम निर्माण भएको हो,’ उनले भने, ‘काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस सोरुममा रहेका जेस्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेन्जका गाडी ग्राहकवर्गले उचित मूल्यमा पाउन सक्छन्।’ 

नयाँ सोरुम उद्घाटन गर्दै सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले यसमार्फत थप सेवा ग्राहकवर्गबीच लैजान पाएकोमा खुसी व्यक्त गरे। 

यस नयाँ सोरुम हप्ताको ७ दिन, बिहान ९ बजेदेखि रातिको ९ बजेसम्म खुल्ला रहनेछ जहाँ टाटा मोटर्सको प्यासेन्जर भेहिकल्स्का सम्पूर्ण रेन्जहरु उपलब्ध हुनेछन् । योसहित देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका सोरुम र २४ सर्भिस केन्द्रहरू पुगेका छन्। 

प्रकाशित: २७ श्रावण २०७४ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App