coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्यामा संलग्न तामाङ १५ बर्ष पछि पक्राउ

काठमाडौं-हत्यामा संलग्न एक मुख्य अभियुक्तलाई प्रहरीले १५ बर्ष पछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने रामेछाप खनियापानी गाविस–६ का विवेक, सम्राट योञ्जन, दानबहादुर लामा उपनामका ४२ बर्षीय दानबहादुर तमाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले १५ बर्ष पछि बौद्धबाट पक्राउ गरेको हो।  

          २०५८ बैशाख १८ गते भक्तपुर नगरपालिका–११ आदर्शनगरस्थित रोजा रेष्टुरेन्टमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने ध्रुवगोपाल कर्माचार्य लगायतका ब्यक्तिहरु खाजा खाइरहेको समयमा तमाङ लगायत २०/२५ जनाको समूहले एक्कासी ध्रुवगोपाललाई चक्कु, खुकुरी, रड तथा लाठी प्रहार गरी घाइते बनाएका थिए। उनको उपचारको क्रममा सोही रात भक्तपुर जिल्ला अस्पतालमा मृत्यु भएको थियो। साथै उनीसँगै रहेका भक्तपुर नगरपालिका–८ बस्ने किरण धौवञ्जार गम्भीर घाइते भएका थिए। उक्त घटनामा संलग्न रही घटना मितिदेखि नै फरार रहेका मुख्य अभियुक्त तामाङ नेपालका बिभिन्न स्थान तथा मलेसिया र भारतमा समेत बस्दै आएको प्रहरीले जनाएको छ। पछिल्लो समय बौद्धमा उक्त उपनाबाट परिचित भई थान्का व्यबसाय संचालन गर्दै आएको अवस्थामा ब्यूरोको टोलीले पक्राउ गरेको हो।

तामाङ उपर कर्तब्यज्यान मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले सर्वस्व सहित जन्मकैदको  मागदाबी लिई भक्तपुर जिल्ला अदालतमा मुद्दा पेश गरेकोमा अदालतबाट २०६४ बैशाख ९ गतेको आदेशले मुल्तबीमा राखिएकोमा उनलाई आइतबार अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७३ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App