coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टिभिएसको नयाँ मोटरसाइकल‘स्ट्राइकर–१२५’ सार्वजनिक

काठमाडौं –टिभीएसले आफ्नो नयाँ मोटरसाइकलमा ‘स्ट्राइकर–१२५’ सार्वजनिक गरेको छ । काठमाडौंको नक्सालस्थित आफ्नो सो–रुममा बिहीबार एक समारोहबीच बाइक सार्वजनिक गरिएको हो।

टिभिएसका ब्रान्ड एम्बासडर निखिल उप्रेतीसहित जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवाल, भाइस प्रेसिडेन्ट दिलिप अग्रवाल लगायतले संयुक्त रुपमा नयाँ मोटरसाइकल अनावरण गरेको कम्पनीले जनाएको छ । 

एक लाख ७४ हजार नौ सय रुपैयाँ मूल्य तोकिएको उक्त बाइक ओभरअल लुक्सयुनिक र डायनामिक छ ।टिभिएसले यसलाई ‘स्ट्राइकर माइलेज, स्टाइल र कम्फोर्ट’ र ‘सुपरभन्दा एक्स्ट्रा सुपर’ थिममा प्रवद्र्धन गर्नेछ। 

राइडरलाई सहज, आत्मविश्वासी र स्टाइलिस अनुभूत गराउने किसिमका विशेषताहरु रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसमा ट्युबलेस टायर छ । डिजिटल स्पिडोमिटर पनि जडान गरिएको छ। 

स्ट्राइकर–१२५मा एलइडी टेल ल्याम्पसको फिचर्स समेत राखिएको छ । यस्ता फिचर्सले यो रेन्जको बाइकमा नयाँ अध्यायको सुरुवात भएको दाबी टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गरेको छ।

१२५ सिसीको यो बाइकको इन्जिनले १०.८ एनएमको टर्क उत्पादन गर्छ । चारस्पिड म्यानुअल ट्रान्समिसनका साथमा स्ट्राइकर आएको छ।

यसको फ्रन्ट सस्पेन्सनमा टेलिस्कोपिक आयल ड्याम्प्ड र रेयरमा सेरिज स्प्रिङ सस्पेन्सन छ । फ्रन्टमा डिस्क र रेयरमा ड्रम ब्रेक छ । यसको च्यासिस सिंगल क्रेडल टुलबार फ्रेममा आधारित छ । त्यसैले यो बाइक निकै कम्फर्टेबल पनि साबित भएको छ।

यसमा १२७५ एमएमको ह्विल बेस छ । १०७७ एमएमको उचाइरहेको स्ट्राइकर–१२५, दुई हजार एमएम लामो छ । यो बाइकको तौल एक सय १७ केजी छ।

यसमा १४.५ लिटरको फ्युल ट्यांक छ । तीन वटा कलरमा यो मोटरसाइकल नेपाल आएको छ । क्रिमसन ह्वाइट, भल्कानो रेड र मेटालिक ब्ल्यू कलरमा स्ट्राइकर किन्न पाइनेछ । स्ट्राइकर–१२५ले ६७ किलोमिटर प्रतिघण्टाको माइलेज दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २७ श्रावण २०७४ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App