८ वैशाख २०८१ शनिबार
अर्थ

व्यवसायीको आन्दोलन फिर्ता, पेट्रोल सहज हुने

काठमाडौं— पेट्रोलियम व्यवसायी आन्दोलनको कारण बजारमा देखिएको पेट्रोल अभाब अब सहज हुने भएको छ। निगमले व्यवसायीका माग सम्बोधन गरेपछि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आन्दोलनका कार्यक्रम शुक्रबारनै स्थगित गरेको जनाएको छ।

‘हाम्रा माग आंशिक सम्बोधन भएकाले तत्कालको लागि आन्दोलन स्थगित गरेका छौं,’ अध्यक्ष प्रधानले भने, ‘लसको विषयमा विस्तृत अध्ययन गरेर अघि बढ्ने सहमति भएको छ ।’

निगमले प्राविधिक घाटाको मात्रा प्रति चार हजार लिटर पेट्रोलमा १० लिटर र डिजेलमा तीन लिटर बढाउने निर्णय गरेको छ । यस अघि दिँदै आएको लस प्रति चार हजार लिटरमा पेट्रोलमा ३५बाट बढाएर ४५ लिटर र डिजेलमा २४ बाट बढाएर २७ लिटर दिने निर्णय भएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए।  ‘व्यवसायीले पेट्रोल नउठाएको कारण केही अभाब भएको थियो,’ पोख्रेलले भने, ‘अब बजारमा पेट्रोल सहज हुन्छ।’

निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाण अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराएको भन्दै व्यवसायी बिहीवारदेखि निगमका डिपोबाट पेट्रोल नलिँदा बजारमा पेट्रोल अभाब भएको थियो ।

 

प्रकाशित: २७ श्रावण २०७४ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App