coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

पाँचथर- केहि दिन यतापरेको अविरल बर्षाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने  एकै परिवारका तीन जना बेपत्ता छन्। पाँचथरको फालेलुङ गाँउपालिकोको दुई स्थानमा गएको पहिरोले घर बगाएको हो। पहिरोले बगाएका तीनजना वेपत्ता भएका हुन। एकजना घाईते छन्।

एकतिनको चुपादेनमा घरबगाउँदा एकको मृत्यु तथा ताङलेपामा लद्युजलविद्युत आयोजनाको आयोजना बगाउँदा  तीन जना बेपात्ता भएका हुन।  फालेलुङ–१  एकतीनको चुपादिनमा ८३ वर्षिय तिलोचन विश्वकर्माको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले पुष्टि गरे। पहिरोले बगाएर बेपत्ता भएका ताङलेपाका तीन जनाको खोजी कार्यजारी रहेको उनले जानकारी दिए।

पहिरोले पुरेको विश्वकर्माको शव नेपाली सेनाको टोलिले निकालेको हो । निरन्तरको बर्षाका कारण बाटो विग्रिएको तथा भौगोलिक विकटता कारण समयमा सुरक्षाकर्मी पुग्न कठिन भएको थियो । पहिरोका कारण दुई घर बगाएको  छ । दुई परिवारका  भागेपनि विश्वकर्मालाई पहिरोले पुरेको थियो । पहिरोले विश्वकर्मा र कमल जवेगुको घर बगाएको हो । दुई घर पहिरोको जोखिममा छन् । मिलन वानीयाको गोठ बगाउनका साथै घरमा जोखिम छ । पहरोवाट पहिरो आएको स्थनय भरत खडकाले जानकारी दिए । पहरोबाट सानो आकारमा आएको पहिरोले बस्तीमा आईपुुग्दा निक्कै ठुलो भएको स्थानियको भनाई छ।

यस्तै फालेलुङ– ३ ताङलेपामा रहेको निवाखोला लद्युजलविद्युत आयोजनाको पावर हाउस बगाउँदा आयोजनाको रुगालोको रुपमा बस्ने एक परिवारका  तीन जना वेपता भएका हुन । खोल्सिबाट आएको पहिरोले आयोजना सहित घर बगाएको हो । घर बगाउदा  विष्णुभक्त राई, वुहारी पर्था राई र  नाती गंगा राई वेपत्ता भएका हुन । ट्वाइईटे निस्किएको अवस्थामा पहिरो गएकाले सञ्चमाया राई घाईते भएकी छन्। खोजी कार्यजारी रहेको नेपाली सेनाका गणपत्ति शिवराज पन्तले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी घटना स्थलमा छ । पहिरोमा बेपत्ता खोज्ने काम भईरहेको छ । शुक्रवार साझसम्म प्रजिअ खड्काले बेपत्ताको अवस्था यकिन हुन नसकेको बताए । लद्युजलविद्युत आयोजनाको पावर हाउस वरपरका सवै सामाग्रि बगाएको छ । भौगोलिक विकटताले उद्वार र राहत वितरणमा समस्या उत्पन्न भएको छ । मेमेङकै माङलेबुङ, खोलागारी, फुङचेन डाँडाआसपासका बस्तीहरु पहिरोको जोखिममा परेका छन् । यहाँका दर्जन बढि घरका बासिन्दा सुरक्षित स्थानमा गएर बसेको स्थानीयले जानकारी दिए।

पहिरोपीडितलाई राहत पुर्‍याउने काम सुरु भएको छ। मृतक परिवारलाई २५ र विस्तापितलाई १० हजार रुपैयाँ नगद तत्कालाई राहत उपलब्ध गराइएको प्रजिअ खडकाले जानकारी दिए ।

बर्षाका कारण विभिन्न ठाँउमा पहिरो गएका छन् । ग्रामिण सडक अवरुद्ध भएका छन् । खेत, अलैचीवारी पहिरोले बगाएको खवर प्राप्त भएको छ । खोलाहरुमा बाढि आएको छ । शुक्रवार दिउँसोदेखि पानी केहि कम भएको छ।

प्रकाशित: २७ श्रावण २०७४ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App