८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारद्वारा प्रभावित क्षेत्रका बाँधको ढोका खोल्न भारतलाई आग्रह

काठमाडौं- तराईको अधिकांश ठाउँमा डुवान भएपछि सरकारले भारतीय पक्षलाई नेपाली भूमिलाई डुवान पार्न सक्ने बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेको छ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मन्जिव सिंह पुरीलाई टेलिफोन गर्दै नेपाली भूमिलाई डुवानमा पार्न सक्ने क्षेत्रका बाँधको ढोका खोल्न आग्रह गरेका हुन्।

'परराष्ट्रमन्त्रीले कोशी, लक्ष्मणपुर लगायत समस्या भएका ठाउँका बाँधको ढोका खोल्न भारतीय पक्षलाई आग्रह गर्नु भएको छ', महराका स्वकीय सचिव युवराज चौलागाईंले भने, 'भारतीय राजदूत मन्जिव सिंह पुरीले त्यसको लागि पहल गर्ने जवाफ दिनु भएको छ।'

गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण देशभर ३० जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन्। यस्तै तराईमा बाढीमा बेपत्ता हुने र विस्थापित हुनेको संख्या पनि छ। मन्त्रालयका अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन्।

प्रकाशित: २८ श्रावण २०७४ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App