coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा तीनजनाको निधन

चितवन-  बाढी पहिरोका कारण चितवनमा तीनजनाको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक थापाका अनुसार दुईजनालाई खोलाले बगाएको हो भने एकजनाको घर भत्केर काठले च्यापिदा निधन भएको हो। चितवनमा बाढी र डुबानका कारण समस्यामा परेका दुई हजार ७६५ जनाको उद्धार गरेको एसपी थापाले जानकारी दिए।

                प्रहरीका अनुसार जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं. ३ ओरेकका २२ वर्षका कमल चेपाङको खोलाले बगाउँदा ज्यान गएको छ। उनलाई  वारवाङ खोलाले बगाएको थियो । त्यस्तै राप्ती नगरपालिका वडा नं. ७ की ३५ वर्षीया गुमनकुमारी रानामगरको पनि खोलाले बगाएर निधन भएको छ। शनिबार राति पम्पा खोला तर्ने बेलामा उनी बगेको प्रहरीको भनाइ छ।

                त्यस्तै राप्ती नगरपालिका वडा नं. ६ प्यारीढापमा नै एर्की एकजना ७४ वर्षीया महिलाको ज्यान गएको छ । शनिबार राति बाढी पसेर घर भत्काउँदा फुलमति चेपाङको ज्यान गएको हो । पूर्वी चितवनको लोथर खोला, पप्मा खोला, लदरी खोला, कयर खोला, राप्ती र बुढी राप्ती खोलामा आएको बाढीले धेरै ठाउँहरु डुबानमा परेका थिए।

                राप्ती नदीका कारण पश्चिम चितवनको जगतपुर पटिहानी क्षेत्रमा पनि डुबान भएको थियो। माडीमा त्यहाँका खहरे खोलाहरुका कारण शुक्रबारबाटै डुबान र कटानको समस्या आएको छ । नारायणी नदीले पनि मेघौली दिब्यनगर क्षेत्रका केही घरहरुमा डुबान गरेको छ । चितवनभर एक जहार ५३४ घर डुबानमा परेको एसपी थापाले जानकारी दिए ।

                उनीहरुका लागि सुरक्षित वासको व्यवस्था भएको छ । राहत र उद्धारमा सरकारी र गैर सरकारी प्रतिनिधिहरु सम्मिलित टोली परिचालन भएको छ । उद्धारका लागि नेपाली सेना र जनपदका साथै शसस्त्र प्रहरीको टोली पनि खटेको एसपी थापाले बताए । सौराहा क्षेत्रमा फँसेका पर्यटकहरु र रत्ननगरको मगरटोल, बाघमारा टोलबाट पनि स्थानीयको उद्धार गर्नु परेको थियो । आइतबार दिउँसोबाट पानी पर्न कम भएको छ ।

                अबिर वर्षाका कारण आएको डुबान र कटानको समस्याका साथै चितवनको धेरै ठाउँमा विद्युत आपुर्ती पनि शनिबार रातिदेखि नै ठप्प छ । आइतबार जिल्लाका विद्यालयहरु पनि बन्द रहे । नारायणी जस्तो ठुलो नदीमा कम भेल आए पनि खहरे खोलाहरु उर्लेर चितवनमा त्रास ल्याएका थिए ।

प्रकाशित: २९ श्रावण २०७४ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App