coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टेलिकमले २२ अर्ब थप लगानी गर्ने

काठमाडौं – नेपाल टेलिकमले चालु आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि भन्दै २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो। 

टेलिकमले आर्थिक वर्ष ०७४/७५ मा विभिन्न कार्यक्रममार्फत सेवा तथा गुणस्तर सुधार गर्न भन्दै थप लगानी गर्ने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । ‘हामीले सेवा विस्तार तथा गुणस्तर सुधार गर्न थप २२ अर्ब रुपैयाँ पुँजीगत लगानी गर्ने योजना छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा राजभणडरीले भनिन्, ‘थप लगानी सहित यो वर्ष १७ प्रतिशतले ग्राहक थप गर्ने लक्ष्य रहेको छ।’

कार्यक्रममा राजभण्डारीले टेलिकमले गरेका उपलब्धि र आगामी योजनाका बारेमा बताएकी थिइन् । कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रले मुलुककै कुल गार्हस्थ उत्पादन वृद्धिमा सहयोग गर्ने बताए । 
मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको र यसमा नेपाल टेलिकमले आफूलाई प्रतिस्पर्धी बनाउनु पर्ने बताए । ‘नयाँ ठाउँका खोज गरी सेवा विस्तार नगर्दासम्म प्रतिस्पर्धामा आउन सकिँदैन,’ मन्त्री बस्नेतले भने, ‘टेलिकमले नयाँ ठाउँमा पुगने चुनौतीसँगै नाफामा वृद्धि गर्न सक्नु नै उपलब्धि हुनेछ ।’ नीतिगत विषयहरू अगाडि आएको तर गुणस्तरका विषयमा थप केही काम गर्नुपर्ने भएकाले टेलिकमले उक्त विषयलाई विशेष ध्यान दिनुपर्ने बताए। 

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रत्येक विपत्को समयमा नेपाल टेलिकमलाई सम्झिने नेपाली धेरै भएको स्मरण गर्दै मुलुकका सम्पूर्ण स्थानमा सेवा पुर्‍याएर पनि सधैं पहिलो नम्बरमा रहनुपर्ने कम्पनीको बाध्यता भएको बताए । उनले नेपाल टेलिकम, सरकार र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने बताए।  

कार्यक्रममा नेपालमा सर्वसाधारणका लागि टेलिफोन सेवा सुरु गरिएको सय वर्ष पुगेका अवसरमा सय वर्षे यात्राको झलकसमेत प्रस्तुत गरिएको थियो । मुलुकमा विक्रम सम्बत १९७३ मा पहिलो टेलिफोन सेवा सुरु भएको थियो भने त्यसको अर्को वर्ष जेठ १ गते सर्वसाधरणलाई टेलिफोन सेवा उपलब्ध भएको थियो। 

 

प्रकाशित: ३० श्रावण २०७४ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App