८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नयाँ दिल्लीमा उच्च सुरक्षा सर्तकता

नयाँ दिल्ली– स्वतन्त्रता दिवसको अघिल्लो दिन भारतको राजधानी नयाँ दिल्लीमा  उच्च सुरक्षा  सतर्कता अपनाइएको छ।

मंगलबार हुन सक्ने विविध गतिविधिहरूलाई ध्यानमा राख्दै भारतको राजधानी नयाँ दिल्ली लगायतका मुख्य सहरी क्षेत्रहरूमा उच्च सतर्कताका साथ सैनिक परिचालन गरिएको छ। 

 अगस्ट १५ मा भारत सरकारले स्वतन्त्रता दिवसको अवसरमा  सार्वजनिक बिदा समेत  दिने गरेको छ।

भारतको राजधानी नयाँ दिल्लीमा भोली मनाइने स्वतन्त्रता दिवसमा हुनसक्ने सम्भावित खतराबाट बच्नका लागि यस्तो सुरक्षा सतर्कता अपनाइएको हो।

राजधानी नयाँ दिल्लीका महत्वपूर्ण क्षेत्रहरु बस पार्क , रेल स्टेशन, तथा विमानस्थलहरूमा उच्च सर्तकता अपनाइएको छ। नयाँ दिल्लीको लालकिल्ला क्षेत्र वरिपरि  विशेष सुरक्षा अपनाइएको छ।

 स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसै क्षेत्रबाट जनताहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाले यस क्षेत्रमा हुन सक्ने विभिन्न असुरक्षाका गतिविधीहरूलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो । भारत सन् १९४७ अगस्ट १५ का दिन बेलायती शासनबाट मुक्त भएको थियो।

उक्त दिनलाई भारतले स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ । सन् १९४७ अगाडी भारत बेलायतको उपनिवेश थियो। पाकिस्तानले भने अगस्ट १४ लाई  नै स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ।

 

 

 

 

प्रकाशित: ३० श्रावण २०७४ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App