८ वैशाख २०८१ शनिबार
प्रवास

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

लण्डन-शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

यसअघि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को बैठकले बाढीपीडीतका लागि एनआरएनए राहतकोष स्थापना गर्दै आफ्ना राष्ट्रिय शाखाहरुलाई सहयोगमा जुट्न आग्रह गरेको थियो। संघका अध्यक्षले शेष घलेले १ करोड रुपैयाँको सहयोग घोषणा गरे संगै संघका विश्वभर छरिएका शाखाहरु सहयोगका लागि जुटेका छन्।

यसैबीच गैरआवासीय नेपाली संघ स्वीजट्रल्याण्डले ३ लाख रुपैयाँ संकलन गरि सकेको छ। संघकी प्रवक्ता रन्जु थापाका अनुसार अध्यक्ष घले बाढी–पहिरोपीडितको सहयोगमा जुट्न अष्ट्रेलियाबाट काठमाडाैं उत्रिने तयारीमा छन्।

 

 

प्रकाशित: ३० श्रावण २०७४ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App