coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय र चिनिया सैनिकबीच ढुंगा हानाहान

नयााँ दिल्ली – चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्। 

भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गर्न खोजेपछि विवाद बढेकोले दुवै देशका सैनिकबीच सामान्य झडप भएको बताएको छ । हानाहानाको स्थिति भएतापनि हतियारको प्रयोग भने दुवै तर्फका सैनिकहरूले गरेका थिएनन् ।  भारतीय सैनिकले अनावश्यक हस्तक्षेप बढाए पछि उनीहरूलाई हटाउने प्रयास चिनियाँ सैनिकले गरेको चीनको दाबी छ। 

स्थिति नियन्त्रणमा लिनका लागि व्यानर ड्रिलको प्रयोग गरे पश्चात् दुवै तर्फका सेना आफ्नो स्थानमा फर्किएको सैनिक स्रोतले जनाएको छ।  

चिनियाँ सैनिकहरू रड, तथा ढुङगा बोकेर झडपमा उत्रिएका थिए । चिनियाँ विदेश मन्त्रालयले भने यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन।

पछिल्लो समय चीन भारतबीच बढेको सीमा विवादमा कुटनीतिक समाधान हुन सकेको छैन् । कुटनीतिक रूपमा समाधान हुन नसक्दा दुवै तर्फका सेनाबीच सामान्य झडपको स्थिति आएको हो। 

यसअघि चिनियाँ विदेश मन्त्रालयले सीमा क्षेत्रमा रहेको विवाद समाधान तथा देशको सार्वभौमिकताको रक्षा गर्नका लागि चिनियाँ सैनिक जुनसुकै मूल्य चुकाउन समेत तयार रहेको अभिव्यक्ति दिएको थियो।  

प्रकाशित: ३२ श्रावण २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App