coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रामचन्द्र झा नयाँ शक्तिबाट निस्कासित

रामचन्द्र झा

काठमाडौं—डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट रामचन्द्र झा निस्कासित भएका छन्। पुष्पकमल दाहाल नेतृत्वको माओवादी प्रवेश गर्ने तयारी गरेपछि उनलाई नयाँ शक्तिले सबै जिम्मेवारीबाट हटाएको हो।

लामो समय एमालेको राजनीति गरेका झा माओवादी हुँदै नयाँ शक्तिमा गएका थिए। एमालेको तर्फबाट स्थानीय विकासमन्त्री भइसकेका उनी माओवादी खुला राजनीतिमा उदय भएसँगै त्यतै लागेका थिए। साउन २७ गते नयाँ शक्तिले उनीसँग स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण नबुझाएपछि उनलाई पार्टीले कारवाही गरेको नयाँ शक्ति स्रोतले बतायो।

डा.भट्टराईद्वारा जारी विज्ञप्तिमा झाले पार्टी विरोधी गतिविधि गरेको र स्पष्टिकरण समेत नुबझाएकाले संघीय परिषद सदस्यसहित सबै जिम्मेवारीबाट हटाइएको उल्लेख छ। एमाले फर्किने प्रयास गर्दा अध्यक्ष ओली सकारात्मक नभएपछि झा दोस्रो पटक प्रवेश गर्न लागेका हुन्।

प्रकाशित: ३२ श्रावण २०७४ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App