७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएन मलेसियाको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उनले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्। 

काठमाडौं मुलपानी घर भएका तिवारी करिब १० वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन्। मलेसियामा रहेका नेपाली समुदायलाई संगठित गर्ने, नेपालीलाई पर्ने समस्यालाई समाधान गर्ने, मलेसियास्थिति नेपाली राजदूतावासको समन्वयमा नेपाली समुदायको हितका लागि विभिन्न कार्य गर्नुपर्ने भएकोले पनि एनआरएनए मलेसियाको नेतृत्वलाई महत्वपूर्ण रुपमा लिने गरिएको छ। 

नेपालीको प्रमुख रोजगारी गन्तत्वको रुपमा रहेको मलेसियामा हाल करिब ७ लाख नेपाली विभिन्न पेशा तथा रोजगारीमा छन्। मलेसियामा कानुनी, सामाजिक, आार्थिक, राजनीतिकलगायतका झमेलामा परेर पीडामा परेका नेपालीहरूलाई आफूले हरबखत सहयोग गर्दै आएको र आगामी दिनमा अझ सक्रियताका साथ नेपाली समुदायको हितमा काम गर्न लागि पर्ने भन्दै आफूले उम्मेदवारी दिएको तिवारीले बताए।
 
युरोप, जापान, अष्ट्रेलियालगायत देशका एनआरएनले गरेको कामजस्तै गरेर मलेसियाको एनआरएन संस्थालाई शिखरमा पुराउने तिवारीले बताए। मलेसियामा नेपाली कामदारलाई दिइने न्युनतम पारिश्रमिकको सीमा बढाउन मलेसिया सरकारमाथि दबाब सिर्जना गर्ने, नेपाली कामदारप्रतिको मलेसिया सरकारको व्यवहार लचिलो बनाउन दबाब दिने, नेपाली कामदारको हकहित र मलेसियामा व्यवसाय गर्ने व्यवसायी, अध्ययनरत विद्यार्थीहरुको सहज वातावरणका लागि निर्वाचित भएपछि गर्नुपर्ने थुप्रै योजनाहरु आफुसँग रहेकाले मलेसियामा रहेका नेपालीहरुले आफुलाई विश्वास गर्ने तिवारीले बताए। 

एनआरएनए मलेसियाको नेृत्वमा निर्वाचित हुने कार्यसमितिको समयावधी २ वर्षको हुनेछ ।

प्रकाशित: ३२ श्रावण २०७४ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App