८ वैशाख २०८१ शनिबार
कला

तीज अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं- तीजको बेला गुञ्जिने तीज गीत र त्यसका स्रष्टाको सम्मान गर्न राजधानीमा आयोजना गर्न लागिएको चौथो संस्करणको 'तीज म्युजिक अवार्ड २०७४' को मनोनयन सार्वजनिक भएको छ। २५ विधामा प्रदान गरिने अवार्डमा 'उत्कृष्ट तीज गीत गायिका' विधामा 'अहिलेको तीज'बाट सिन्धु मल्ल, 'आमाले पकाको दर'बाट सहिमा श्रेष्ठ,  'माइतमा' मीना निरौला, 'मीठो बोली' बाट स्वरूपा रसाइली र 'युकेको साडी'बाट टीका पुन मनोनयनमा परेका छन्।

त्यस्तै 'उत्कृष्ट तीज गीत (कम्पनी)'मा 'माइतीघर (आशिष म्यूजिक)', 'झल्को माइतीको (निहारिका म्यूजिक), 'सौता (विन्ध्यवासिनी म्यूजिक)', 'नदि तिरैमा (गंगामाला फिल्मस्)' र 'आगनीको डिलैमा (गोल्डेन क्रियशन)' परेका छन्। 'मौलिक तीज गीत' विधामा 'आँगनीको डिलैमा'का लागि धनमाया राना, 'झल्को माइतीको'का लागि लक्ष्मी न्यौपाने र शारदा बस्याल,  'नदी तीरैमा'का लािग टीका पुन र अनु गुरुङ, 'नभन बुढाले'का लागि निर्मला भण्डारी र 'माइतीघर'का लागि पूर्णकला विसी परेका छन्।

अवार्डमा 'उत्कृष्ट तीज दोहोरी गीत गायक' विधामा 'नदी है सली सली'का लागि खुमन अधिकारी, 'बाँच्छीले धान खायो'का लागि चन्द्र शर्मा,  'हे शिव भगवान'का लागि नरहरी प्रेमी, 'माइती र चेली'का लागि रवि थापा मगर र 'बजाइदेउ मादलु'का लागि राजेन्द्र कँडेल मनोनयनमा परेका छन्। यस्तै, 'उत्कृष्ट तीज दोहोरी गीत गायिका' विधामा 'नाच्नमा एक नम्बर' का लागि रीता केसी, 'नाँच दिदी बैनी हो'का लागि जमुना राना, 'जो धेरै नाँच्छ'का लागि 'अमृता लुंगेली', 'हङ्कङ्को चुरा'का लागि सुनीता गुरुङ र 'सातो सारी'का लागि उमा श्रेष्ठ मनोनयनमा छिन्।

'उत्कृष्ट भिडियो निर्देशन' विधामा 'माइतीघर' का लागि विक्रम चौहान,  'आँगनीको डिलैमा'का लागि प्रकाश भट्ट, 'अहिलेको तीज'का लागि सुव्रत आचार्य, 'माइती र चेली'का लागि प्रकाश भट्ट र 'झल्को माइतीको'का लागि स्मृति तिमिल्सिना मनोनयनमा छन्। यस्तै, 'उत्कृष्ट तीज दोहोरी गीत नव–गायक'मा 'स्वामी राजै'का लागि हरि गिरी विमर्शी, 'विशाल बजारको सारी'का लागि टंक कुमारी, 'रहरै उर्लेर आयो'का लागि भुवन राणा, 'चरिले पिएर हो नि' का लागि महेन्द्र भण्डारी र 'जाऊ बाबु'का लागि रोशनकुमार क्षेत्री मनोनयनमा परेका छन्।

त्यस्तै, 'उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका' विधामा 'हाम्रा घरका शिवजी' ज्योति कालीराज, 'दिदी भाई'का लागि स्मृति तिमील्सिना, 'स्वामी राजै'का लागि सविता तिवारी, 'बाछीले धान खायो'का लागि टीका तारमी मगर र 'दाजु बहिनी'का लागि एलिना खनाल प्रतिस्पर्धी छन्। मोडलमा पुरुषतर्फ 'गाजलु'का लागि सुमन थापा, 'मेरै माया'का लागि नरेशवीर सिंह, 'वैंश गइसक्यो'का लागि ध्रुव हिमाली, 'मेरै बुढो राम्रो'का लागि शंकर विसी र 'नाच्नमा एक नम्बर'का लागि सन्दिप न्यौपाने परेका छन्।

महिलातर्फ 'मैना चरी'का लागि दिपाशा विसी, 'तिजको दर'का लागि करिश्मा ढकाल, 'मेरै खुट्टाले'का लागि रञ्जिता गुरुङ, 'नजर हजुरको'का लागि मञ्जिता के.सी र 'मरक्कै कम्मर'का लागि रिना थापा प्रतिस्पर्धी छन्। नृत्यतर्फ 'उत्कृष्ट नृत्य निर्देशन'मा 'माइतीघर'का लागि विक्रम चौहान, 'म त नाच्दिन'का लागि पवित्रा आचार्य, 'झल्को माइतीको'का लागि स्मृति तिमिल्सिना, 'अहिलेको तीज'का लागि गम्भीर विष्ट र 'मौकाले भेट' का लागि रविन थापा छन्।

प्रकाशित: १ भाद्र २०७४ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App