७ वैशाख २०८१ शुक्रबार
समाज

सहयोगीकाे भरमा छोटी भन्सार

कञ्चनपुर – नायब सुब्बाको दरबन्दी रहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ। 

नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ। 

कार्यालयमा एक्लै बस्ने भएकाले असुरक्षा हुँदा सन्तोषजनकरुपमा राजश्व उठाउन नसकेको कार्यालय सहयोगी करन्या बोहराले बताए । मुस्किलले मासिक रु ३५ हजारको हाराहारीमा राजश्व उठ्ने गरेको उनले बताए। दिउँसो सशस्त्र प्रहरीले भन्सार कार्यालयमा सुरक्षा दिने भए पनि राति एक्लै बस्नुपर्ने भएकाले समस्या भएको बोहरा बताउँछन्। 

संरचना मर्मत सम्भारको अभावमा कार्यालय जीर्ण बन्दै गएको छ । कार्यालयको स्वामित्वमा रहेको जग्गा प्रयोगविहीन अवस्थामा छ । रासस 

प्रकाशित: १ भाद्र २०७४ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App