coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रककाे ठक्करबाट स्कुटर चालककाे दुवै खुट्टा छुट्टियाे

भक्तपुर – अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको दुवै खुटा छुट्टिएर मृत्यु भएकाे छ। 

काठमाडौंबाट बा ४८ प ९७६२ नम्वरको स्कुटरमा चढेर भक्तपुर घरतर्फ जाँंदै गरेका ५० वर्षीय रञ्जन कार्कीलाई सोही दिशातर्फ जाँंदै गरेको ना ५ ख ६९९६ को ट्रकले ठक्कर दिंदा स्कुटर चालक रञ्जनको मृत्यु भएको हो । 

घटनामा परेको सवारीसाधन र त्यसका चालक भक्तपुरको मध्यपुर थिमिका ४१ वर्षीय आकाश लोहलाई महानगरीय प्रहरी वृत मध्यपुर थिमिमा नियन्त्रणमा राखिएको वृतका प्रमुख डीसपी श्याम ओलियाले जनाए । 

दुर्घटनापछि दुवै खुट्टा उछिट्टिएका कार्कीलार्इ नजिकको मध्यपुर हस्पिटल पुर्‍याइएकाे थियाे । त्यहाँ उपचार हुन नसकेपछि उनलार्इ थप उपचारका लागि काठमाडौंको वी एण्ड वी अस्पतालमा रिफर गरिएको थियो ।  उनकाे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको डीएसपी ओलियाले जनाए । 
 

प्रकाशित: १ भाद्र २०७४ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App