७ वैशाख २०८१ शुक्रबार
कला

गायिका वली र गायक अधिकारी सम्मानित

गायक अजय अधिकारी सुशील मन्त्री आशा कोइरालाको हातबाट सम्मान लिँदै । तस्बिर : चाँदनी हमाल

काठमाडौं– गायिका कोमल वली र गायक अजय अधिकारी ‘सुशील’ सम्मानित भएका छन् । तीजको अवसर पारेर निजी तथा आवशीय विद्यालयको छाता संगठन (प्याप्सन) काठमाडौंको आयोजनामा भएको तीज विशेष कार्यक्रममा कलाकारद्वय वली र अधिकारीलाई सम्मान गरिएको हो।

कलकारद्वय वली र अधिकारीले संयुक्त रुपमा ‘पानी नखाई व्रत बस्नै पर्दैन’ बोलका गीत गाएका छन् । सन्देशमूलक गीत गाएर सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको प्याप्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए।

सम्मानित कलाकारलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले खाता तथा सम्मानपत्र दिएर सम्मान गरेकी थिइन् । यद्यपी सम्मान कार्यक्रममा भने वली उपस्थित थिइनन् । बाढी पीडितको उद्धारमा चितवन गएको कारण कलाकार वली सम्मान थाप्न आउन नपाएको कार्यक्रम आयोजक प्याप्सनले जनायो।

प्याप्सनले विगत ६ वर्षदेखि तीज विशेष कार्यक्रम गर्दै आएको छ । तीज विशेष कार्यक्रममा ४५ विद्यालयका विद्यार्थीहरूको नृत्य प्रतियोगिता समेत राखिएको थियो । प्रतियोगितामा सामेल भएका  मध्ये उत्कृष्ट १० विद्यालयलाई विशेष पुरस्कार प्रदान गरिने समेत आयोजकले जनायो ।

 

प्रकाशित: १ भाद्र २०७४ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App