८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बार्सिलोना आक्रमणमा १३ जना मारिए, प्रहरीले रोक्यो दोस्रो आक्रमण

बार्सिलोना- स्पेनको बार्सिलोनामा आतंककारी आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ। आतंककारीले सडकमा भ्यान आक्रमण गरेका थिए। लगत्तै आतंककारीको अर्को प्रयास भने प्रहरीले विफल पारेको छ। प्रहरीले क्याम्ब्रिल्स शहरमा  ५ आक्रमणकारीलाई गोली हानी मारेका छन्।

पहिलो घटनालगत्तै प्रहरीले सर्वसाधारणहरूलाई सडकमा नआउनका आग्रह गरेको थियो। पहिलो घटनालगत्तै प्रहरीले अपरेशन सुरु गरेको थियो। जसमा पड्काइएको गोली सर्वसधारणले सुनेको बीबीसीले जनाएको छ।

बिहीबार बार्सिलोनाको लस र्याम्बस सहरमा भएको भ्यान आक्रमणमा दर्जनौं घाइते भएका छन्। पर्यटक तथा स्थानीयहरूको भीडमा भ्यान जोताइँदा मानिसहरू भागदौड गरेका थिए। स्पेनका प्रधानमन्त्री मारिया राजायोले  जिहादी आक्रमणको संज्ञा दिएका छन्।

आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। आक्रमणबारे विश्वका नेताहरूले भर्त्सना गरेका छन्। ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे र अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले उक्त आक्रमणको भर्त्सना गर्दे आफूहरू सधैं स्पेनको साथमा रहेको बताएका छन्।

जर्मन चान्सलर तथा फ्रान्सका प्रधानमन्त्रीले पनि आक्रमण घिनलाग्दो भएको बताएका छन्।

प्रकाशित: २ भाद्र २०७४ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App