८ वैशाख २०८१ शनिबार
प्रवास

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

युएई – नेपाल वायु सेवा निगमले राष्ट्रिय ध्वजावाहक जहाज नेपाल  युएई सिधा उडान सुरु गरेको एक वर्षको अवसरमा बार्षिकोत्सव मनाएको छ ।  नेवानिले शुक्रबार बिहान दुबईबाट नेपाल जाँदै गरेको (9N-AKW)जहाजको उडान नम्बर (RA - २३०) भित्र  यात्रुहरुसँगै केक काटेर वर्षिकोत्सव मनाएको हो ।  वर्षिक उत्सवको अवसरमा युएईबाट नेपाल जाने यात्रुहरुकोबीचमा  नेवानिले लक्की ड्र गरी बिजेतालार्इ दुईतर्फी  टिकट र अन्य पाँच जनालाई सात्वना स्वरुप मायाको चिनो प्रदान गरेको छ । 

निगमले  गत  अगष्ट १८ अर्थात भदौ २ गतेबाट युएईका लागि पहिलो  उडान सुरु  गरेको थियो ।
:हामीले युएईबाट नेपाल जाने अन्य एयरलाइन्सहरुले  भन्दा नेपालीहरुका लागि सेवा सुविधामा विशेष ध्यान दिँदै  आएका छौँ 'नेपाल एयर लाइन्सका कन्ट्रि म्यानेजर रमेश  पौडेलले नागरिक न्युज संग भने 'त्यसैले सबै  नेपालीहरुको पहिलो रोजाईमा नेवानि पर्न सफल भएको छ ।'  उनले   नेवानिलाई माया गरेर  साथ सहयोग गर्ने ट्राभल एजेन्सी , संघ-संस्था, मिडिया लगायत सबै नेपालीहरुलाई धन्यबाद  व्यक्त गरेका छन ।

पौडेलका अनुसार नेपाल  वायु सेवा निगमले एक वर्षमा १८७ वटा उडान,  २२४८०  वटा यात्रु, ५६ वटा अपांग बिरामी, ९ वटा  शब बोकेर यात्रा गरेको थियो।

 नेवानिले  सुरुवातमा नेपाल - युएई  सिधा उडान हप्तामा तिन वटा  गरे पनि एक महिना  भित्रै थप गरी चारवटा पुर्यातएका   थियो भने आगामी दिनमा  चाँडैनै एक जहाज थप गरी हप्ताको ५ वटा नेपाल  ( युएई सिधा उडान गर्ने लक्ष्य नेवानिले लिएको छ ।  

नेवानिले दुबई स्थित अन्तराष्ट्रिय विमान स्थल टर्मिनल दुई बाट हप्ताको चार  दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार सिधा उडान  गर्दै आएको छ ।

 

प्रकाशित: २ भाद्र २०७४ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App