७ वैशाख २०८१ शुक्रबार
अर्थ

नगरकोटमा नयाँ रिसोर्ट सञ्चालन

काठमाडौं- नगरकोटमा नयाँ रिसोर्ट 'मिस्टिक माउन्टेन' सञ्चालनमा आएको छ। नगरकोटको डाँडामा उत्तरतर्फ बार्दली फर्किएको डिजाइनमा मिस्टिक माउन्टेन सञ्चालनमा ल्याइएको हो। नगरकोटबाट धुलिखेल निस्किने हाइकिङ रुटमा पर्ने रिसोर्ट जंगलभित्र निर्माण गरिएको छ।

६२ करोड रुपैयाँ लगानीमा पर्यटन व्यवसायी बालकृष्ण धोजुले यसलाई अल्ट्रा लक्जरी होटलका रुपमा सञ्चालनमा ल्याएका हुन्। होटलका अधिकांश पूर्वाधारमा भारत, चीन इटालीको हार्डवेयर र प्रविधि प्रयोग गरिएको उनको दाबी छ।

रिसोर्टले मध्यम र उच्चवर्गीय आन्तरिक पर्यटकलाई लक्षित गरेको छ। यहाँभित्र कफी सप, नेपाली र विदेशी रेसिपी फ्युजन गरिएको मल्टिकुजिन रेस्टुरेन्ट र स्काई बारसहित तीनवटा आउटलेट सञ्चालन गरिएको प्रमुख सेफ महेशराज ढकालले बताए

२७ रोपनी क्षेत्रफल भएको रिसोर्ट भिरालो पहाडमा बनाइएको छ। यसमा आठवटा सुइटसहित ७० डिलक्स रुम छन्। रिसोर्टमा अर्डरलगायत सबै सर्भिसलाई आइसिटीसँग जोडिएको छ।

अपांगमैत्री रिसोर्टमा एक रात बस्न १५ हजार रुपैयाँ र सुइटको ५० हजार रुपैयाँ मेनुमा लेखिएको छ। दुईजनाका लागि तोकिएको यो रेटमा एक रातको बसाइ, डिनर, ब्रेकफास्ट, स्न्याक्स, बेभरेज लगायत सुविधा छन्।

 

प्रकाशित: २ भाद्र २०७४ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App