७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

रुकुम – जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो।

प्रकोप फैलिएर विरामीहरु बढ्न थाले भने विरामीको उपचारमा समस्या आउने भएकाले यस्तो निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र बहादुर जिसी जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीहरूलाई तयारीका साथ बस्न भनिएको छ । हालै आठबीसकोट नगरपालिका वडा नं. ३ को खदीमा अज्ञात रोगले प्रकोप लिए पछि यस्तो निर्देशन दिइएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिवलाल आचार्यले बताए। उनका अनुसार प्रकोप नियन्त्रणका लागि यहाँको स्वास्थ्य टोली सक्षम रहेको र आवश्यक परे क्षेत्र तथा केन्द्रबाट चिकित्सक माग गरिने छ। 

यस्तो अवस्थामा सबै सचेत हुनु पर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । साथै कार्यालयले यो भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने समय भएकाले पनि मानिसहरू सचेत रहने र केही भए तुरुन्त स्वास्थ्यकर्मी कहाँ जान अनुरोध गरेको छ।

प्रकाशित: २ भाद्र २०७४ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App