८ वैशाख २०८१ शनिबार
कला

बाढी पीडित सहयोगार्थ दीप श्रेष्ठले गाउने

काठमाडौं- अविरल वर्षाका कारण तराईमा भएको डुबानले पीडितको सहयोगार्थ गायक तथा संगीतकार दीप श्रेष्ठ शनिबार ललितपुरको झम्सिखेलस्थित मोक्षमा गुञ्जिने भएका छन्। 'विकेन्ड क्लासिक'ले आयोजना गर्न लागेको 'दीप श्रेष्ठः नोस्टाल्जिक मेलोडिज फ्रम द सेभेन्टिज'मा उनी आफ्ना पुराना सदाबहार गीत लिएर प्रस्तुत हुनेछन्।

विकेन्ड क्लासिकका मनिष श्रेष्ठले दीपको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए। 'हामी उहाँको कार्यक्रम च्यारिटीका लागि गर्दैछौं। कार्यक्रमबाट उठेको रकमको २० प्रतिशत बाढीपीडितको सहयोगार्थ दिनेछौं,' मनिषले भने, 'बाँकी रकम वाद्यवादक र स्वयं गायकसहित कार्यक्रमको व्यवस्थापनमा खर्च हुनेछ।'

मनिषले दीपको सदाबहार गीतले दर्शक मोहित बनेसँगै उनीहरूको सहयोगले बाढीपीडितलाई सहयोग गर्न प्रोत्साहन गर्ने बताए।

झण्डै दुई घण्टासम्म चल्ने सोलो कार्यक्रममा दीपले दुई सय दर्शकलाई आफ्नो सदाबहार गीतमा बाँध्नेछन्। उनलाई छोरी दृष्टि श्रेष्ठ या श्रीमतिले गायनमा साथ दिने मनिषले बताए। 'हामीले रिहल्सलको सबै काम सकिसकेका छौं। अब दीप दाई दर्शकमाझ प्रस्तुत हुन मात्र बाँकी छ,' मनिषले भने।

दीपले १४ वर्षको उमेरमा पहिलो गीत 'म पत्थरको  देवता हैन' कम्पोज गरेका थिए। पिता भ्वाइलोन र बाँसुरी बजाउन अब्बल रहेकैले दीपलाई अन्य संगीतकर्मीमाझ भिज्न समय लागेन। दीपका 'म त दुरदेखि आएँ', 'बितेका कुराले', 'आकाशको रंग', 'भन्थिइन् उनी', कति कमजोर', अधरको मुस्कान त केही होइन्' र 'बादलहरु हो आकाश' जस्ता गीत चर्चित छन्।

प्रकाशित: २ भाद्र २०७४ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App