coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कुहिएको अवस्थामा महिलाको शव फेला

गौशाला– महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ। 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको बताए। 

नाम, थर, वतन केही नखुलेको अन्दाजी ४० वर्षीया महिलाको ६, ७ दिनअघि मृत्यु भई अनुहार, मुख, नाक, र शरीरको विभिन्न भागमा किरा परेको तथा पूरै शरीर कुहिएको अवस्थामा शव फेला परेको हो। 

शनिबार बिहान ११ बजे स्थानीय महिला घाँस काट्न ऊखुघारतिर जाँदा मृतक महिलाको शव गन्हएपछि उनीहरुले इलाका प्रहरी कार्यालय गौशालामा खबर गरेका थिए । रासस 

प्रकाशित: ३ भाद्र २०७४ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App