१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चक्रपथ सफाई अभियान सुरु

काठमाडौं – बागमती नदी सफाई अभियान जस्तै शनिबारदेखि काठमाडौंको चक्रपथ सफाई अभियान पनि सुरु गरिएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु गरिएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु गरिएको हो । 

पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको छ । अभियानमा पाँंच सय भन्दा बढीको सहभागिता थियो । सडकमा भएको धुलो बढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको काम सफाईको क्रममा गरिएको थियो । सफाईको काम विहान सात बजेदेखि नौ बजेसम्म भएको थियो । 

सफाई अभियान हरेक शनिबार विहान सात वबजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए । अर्काे शनिबार स्युचाटार पुलबाट कलंकीसम्म सफाई गर्ने योजना रहेको कुँंवरले भने। ‘हामी झार खान्छौ तर हार खाँंदैनौ’, अभियन्ता कुँंवरले नागरिकसँंग भने ।

चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि पनि सात हप्ता यस्तै सफाई अभियान उनले चलाएका थिए । त्यस क्रममा सफाईका साथै वन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो। 

बागमती सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले चक्रपथ सफाई अभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हाँस्यकलाकार श्रीकृष्ण सिम्खडा लगायतका  विशिष्ट व्यक्तित्वहरू पनि सहभागी रहेका थिए । चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । 

प्रकाशित: ३ भाद्र २०७४ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App