१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फराकिलो अन्तरमा माल्दिभ्स पराजित

काठमाडौं- रविबहादुर रानाले तीव्र गतिमा ह्याटि्रक गरेपछि भारतले साफ यु–१५ च्याम्पियनसिपमा माल्दिभ्सलाई ९–० ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रविबहादुरले २१औं मिनेट, २६औं र ४८औं मिनेटमा गोल गर्दै ह्याटि्रक गरे। भारतका लागि मोरिङथिम थोइबा सिंह, रिक्की जोन साबोङ, विक्रमप्रताप सिंह र लाल रोइमाले १/१ गोल गरे। माल्दिभ्सका रक्षक मोहमद फैहान इमरानले २२औं र ८७औं मिनेटमा आत्मघाती गोल गरेका थिए।

निराशाजनक हारको सामना गरे पनि माल्दिभ्स टोलीका प्रशिक्षक मोहमद साजल्लेले खेलाडीले अन्तिम समयसम्म मेहनत गरेको बताए। उनले भने, 'मैले मेरो खेलाडीलाई सम्मान गर्छु। उनीहरूले अन्तिम समयसम्म आत्मसमर्पण गरेनन्। खेलमा सफलता हासिल गर्न नसके पनि अन्त्यसम्म डटेर खेले।'

भारतीय टिमका प्रशिक्षक बिबिएनो फर्नान्डेजले नतिजाबाट आश्चर्यमा परेको बताए। उनले भने, 'मैले नसोचेको नतिजा आएको हो। तर अझै पनि टिममा मैले केही कमजोर देखेको छु। हामीले दोस्रो खेलमा सुधार गर्न जरुरी छु।'

प्रतियोगिताअन्तर्गत समूह 'बी' मा भारत, माल्दिभ्स र आयोजक नेपाल रहेका छन्। नेपालले सोमबार माल्दिभ्ससँग पहिलो खेल खेल्नेछ।

प्रकाशित: ४ भाद्र २०७४ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App