८ वैशाख २०८१ शनिबार
समाज

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

उर्लाबारी – उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ। 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो। 

हात्तीले थापाको एक तले पक्की घर भत्काउँदा रु १२ लाखको क्षति भएको हो । थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले आइतबार बिहान २ बजे धिमालको फुसको घर भत्काउँदा रु ३५ हजारको क्षति भएको छ । हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: ४ भाद्र २०७४ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App