७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

बार्सिलोना – स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए। 

पछि सो हमलाको इस्लामिक स्टेट नामक आतंककारी समूहले जिम्मा लिएको छ । उक्त समूहले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमा त्रास छाएको छ। 

यहाँ रहेका मुस्लिम समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास बढेको जनाइएको छ। 

बार्सिलोना सहरमा सानो संख्यामा मुस्लिम समुदायका नागरिक बस्छन् । उनीहरूमा आफूहरूमाथि हमला हुने हो कि भन्ने डर छ, यहाँका बासिन्दालाई उद्धृतगर्दै समाचारमा जनाइएको छ। 

गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका बंगलादेशका २३ वर्षीय मिहाले भने, यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका छन् उनीहरू घरबाहिर पनि निस्किन सकिरहेका छैनन्। 

बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन् । उनीहरु ४० को संख्यामा रहेका छन् । तर गत शुक्रबार प्रार्थना गर्न मस्जिदमा बढीमा १५ जनामात्र आएका थिए, उनले भनेका छन्। 

उनका अनुसार मुस्लिम अनुहार देखेपछि बाटो हिंडीरहेका सर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र कडारुपमा हेर्ने भएकोले उनीहरूमा त्रास छाएको मिहाको भनाइ थियो। 

इस्लामिक स्टेटले गएका केही वर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ। यसरी गरिएका आक्रमणबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ। 

सन् २०१४ मा उक्त आतंककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ। 

युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतंककारी हमलामा परी ज्यान जानेको संख्या ५३४ रहेको छ। 

प्रकाशित: ४ भाद्र २०७४ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App