८ वैशाख २०८१ शनिबार
कला

'माइतीघर'लाई चार अवार्ड

काठमाडौं- तीज गीतसँग सम्बन्धित सर्जक र संगीतलाई सम्मान गर्न राजधानीमा आइतबार भएको 'चौथो तीज म्युजिक अवार्ड'मा 'माइतीघर' बोलको गीतले सर्वाधिक चार विधामा अवार्ड जितेको छ। गीतका लागि आशिष म्युजिक सर्वोत्कृष्ट तीज गीत कम्पनी, पूर्णकला बिसी सर्वोत्कृष्ट तीज मौलिक तीज गीत, विनोद बाजुराली सर्वोत्कृष्ट तीज गीत एरेन्जर र विक्रम चौहान सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक भए।

अवार्डमा 'माइती र चेली' र 'नदी तिरैमा'गीतले समान ३–३ अवार्ड जिते। 'माइती र चेली' गीतका लागि श्यामश्वेत रसाइली सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ, गायक रवि थापा मगर सर्वोत्कृष्ट तीज दोहोरी गायक र प्रकाश भट्ट सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक बने। यस्तै 'नदी तिरैमा'का लागि सञ्जय श्रीपाल सर्वोत्कृष्ट तीज गीत मिक्सिङ र हरि विष्ट सर्वोत्कृष्ट तीज गीत शब्द तथा सर्वोत्कृष्ट तीज गीत लय बने।

अवार्डमा 'स्वामी राजै'का लागि हरि गिरी 'विमर्शी' सर्वोत्कृष्ट तीज दोहोरी नवगायक र हमाल म्युजिक सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी हुँदा 'लाज किन हो'का लागि कमल सौराग सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेन्जर, 'दिदीभाइ'का लागि स्मृति तिमिल्सिना सर्वोत्कृष्ट तीज दोहोरी नवगायिका, 'हे शिव भगवान'का लागि कस्तुप पन्त सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द, 'बजाइदेउ मादलु'का लागि राजेन्द्र कँडेल सर्वोत्कृष्ट तीज दोहोरी गीत लय, 'हङकङको चुरा'का लागि सुनिता गुरुङ सर्वोत्कृष्ट तीज दोहोरी गायिका भए।

त्यस्तै, 'मेरा झर्के बुढा'का लागि मञ्जु पौडेल सर्वोत्कष्ट तीज दोहोरी गीत, 'नाँच्नमा एक नम्बर'का लागि सन्दिप न्यौपाने सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष, 'मैना चरी'का लागि दीपाशा बिसी सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला, 'म त नाच्दिन केरे'का लागि विष्णु शर्मा सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादन, 'आउँछ तीज'का लागि करण चैसिर सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार, 'झल्को माइतीको' का लागि लक्ष्मी न्यौपाने र शारदा बस्याल सर्वोत्कृष्ट तीज युगल गीत, 'आँगनीको डिलैमा'का लागि धनमाया राना सर्वोत्कृष्ट तीज गीत नवगायिका, 'युकेको सारी'का लागि टीका पुन सर्वोत्कृष्ट तीज गीत गायिका, 'म त नाँच्दिन के रे'का लागि कोमल वली र प्रज्ञा शरद जुरी अवार्ड घोषित भए।

यसैगरी, 'पातै फरर'का लागि मधु क्षेत्री इन्करेजमेन्ट अवार्ड, 'दाजु बहिनी'का लागि एलिना खनाल इन्करेजमेन्ट अवार्ड, 'मेरै खुट्टाले'का लागि रञ्जिता गुरुङ पपुलर अवार्ड र 'मिठो बोली'का लागि स्वरुपा रसाइली पब्लिक च्वाइस अवार्डको दाबेदार बने।

छाँयाछवि क्रिएसनको आयोजनामा भएको अवार्डमा गायिका एवं संकलक चन्द्रकला शाहलाई ११ हजार १ सय ११ रुपैंयाँ राशीसहित 'तीज संगीत स्रष्टा सम्मान २०७४' बाट सम्मान गरिएको थियो। त्यस्तै पत्रकार गीता अधिकारीलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशीको रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। कार्यक्रममा श्रीराज इन्टरटेनमेन्टको तर्फबाट नारायण ढकालको समूह र नारायण रिजालको समूहले नृत्य देखाएको थियो। अवार्डका अध्यक्ष शान्तिप्रियले तीजलाई हिन्दू महिलाहरूको महत्वपूर्ण चाड बनाउँदै मौलिकतासहितको तीजको संस्कार निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ५ भाद्र २०७४ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App