८ वैशाख २०८१ शनिबार
कला

हिट प्रियंका

मुम्बई- बलिउडमा कलाकारको लोकप्रियतालाई लिएर गरिएको सर्भेमा बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा शीर्ष स्थानमा परेकी छन्। भारतीय सञ्चारमाध्यम आजतक र इण्डिया टुडेले कर्भी इन्साइटसँग मिलेर गरेको मत सर्वेक्षणमा प्रियंकाले बढी मत पाएकी हुन्। यो सर्भे २०१६ देखि २०१७ बीचको समयमा भएका थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार देशका १९ वटा राज्यमा गत १२ जुलाईदेखि २३ जुलाईसम्म यो सर्भे गरिएको थियो। 'मुड अफ द नेशन' नामबाट गरिएको यो सर्भेमा यी राज्यमा पर्ने ९७ संसदीय क्षेत्र अन्तर्गत पर्ने १ सय ९४ विधानसभाको क्षेत्रका १२ हजार १ सय ७८ व्यक्तिलाई मनपर्ने कलाकारहरूबारे प्रश्न सोधिएको थियो। हलिउडमा प्रवेश गरेपछि प्रियंका चोपडा र दीपिका पादुकोणको लोकप्रियता स्वदेशमा कम छैन।

वर्ष २०१७ मा अहिलेसम्म प्रियंकाको कुनै पनि बलिउड फिल्म प्रदर्शनमा आएको छैन। उनको हलिउड फिल्म 'बेवाच'ले भारतमा राम्रो व्यापार गर्न सकेन। सन् २०१८ मा प्रियंका अभिनित हलिउड फिल्म 'ए किड लाइक जेक' र 'इजन्ट इट रोमान्टिक' प्रदर्शनमा आउँदैछन्।

चर्चित नायिकाको सूचीमा दीपिका पादुकोण दोस्रो, अनुष्का शर्मा तेस्रो, ऐश्वर्या राय वच्चन चौथो, कटरिना कैफ पाँचौं, आलिया भट्ट छैटौं, करिना कपुर सातौं, विद्या वालन आठौं, साोनाक्षी सिन्हा नवौं र श्रद्धा कपुर दशौं स्थानमा छन्। त्यस्तै सोनम कपुर एघारौं, अनुष्का सेट्ठी बाह्रौं र कंगना रनावत तेह्रौं स्थानमा छन्।

प्रकाशित: ५ भाद्र २०७४ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App