कालीकोटमा तीन हजार आठ सय मतदाता थपिए

सोमबार, ०५ भदौ २०७४, १६ : ०९ नागरिक


कालीकोट – सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन्। 

जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीमा जिल्ला सदरमुकाम मान्मसहितका दुई नगरपालिका तथा छवटा गाउँपालिकामा पठाएको टोलीले सो संख्यामा मतदाता थपेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मणिराम भट्टराईका अनुसार यसअघि जिल्लामा ६१ हजार ३० मतदाता रहेकामा साउन महिनामा तीन हजार ८५९ मतदाता थपिएपछि जम्मा ६४ हजार ८८९ मतदाता पुगेको बताए। 

उनका अनुसार यसअघिको तुलनामा जिल्लामा एकैपटक धेरै मतदाता थपिएको यो पहिलोपटक हो।
 
मतदाताले संसद्को निर्वाचनमा खासै महत्व नदिए पनि स्थानीय निर्वाचनमा मतदान गर्न नपाउँदा पछुताएकाले अब आउने प्रदेश तथा सङ्घको निर्वाचनमा मतको आशामा रहेका जिल्लास्तरका राजनीतिक दलका नेताहरु पनि मतदाता नामावली संकलनमा लागिपरेका थिए । रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की, रिश्मा गुरुङ र केकी अधिकारीले क्रिटिक्स अवार्ड प्राप्त गरेका छन् । बुधबार नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)...

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल...

मैथिलीमा ‘राज्जा रानी’

मैथिलीमा ‘राज्जा रानी’

दाइजो प्रथाको विषयलाई उठान गरिएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि प्रदर्शन हुने भएको छ। आगामी पुस २१ गतेबाट देशैभर...

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...