coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुगुमा तीन हजार नयाँ मतदाता थपिए

मुगु- जिल्लामा पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीमा झण्डै तीन हजार नयाँ मतदाता थपिएका छन।

 बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि साउन ३१ गते देखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा र साउन १६ गते देखि जिल्लाका तीन वटा गाउँपालिका र एउटा नगरपालिकामा साउन ३२ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो। एक महिनाको अबधिमा फोटो सहितको मतदाता नामावलीमा २ हजार ७ सय ८१ मतदाता थपिएका छन।

२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा २३ हजार ८ सय २१ मतदाता रहेकोमा २०७४ वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनसम्म आई पुग्दा  ३ हजार ६ सय २६ मतदाता संख्या थपिएर कुल मतदाता संख्या २७ हजार ४ सय ४७ पुगेको थियो । स्थानीय तहको निर्वाचन पछि निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनीधी सभा प्रयोजनका लागि साउन महिना भरि फोटो सहितको नयाँ मतदाता नामावली संकलन तथा पुरानो मतदाता नामावली अद्यावधिक गर्ने भने पछि २ हजार ७ सय ८१ नयाँ मतदाता थपिएर जिल्लामा अव कुल मतदाता संख्या ३० हजार २ सय २८ पुगेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी हरि उपाध्यायले जानकारी दिए।

कार्यालयका अनुसार सवै भन्दा बढि छायानाथ रारा नगरपालिकामा  २ हजार ३ सय ८८ नयाँ मतदाता थपिएका छन भने सवै भन्दा कम मुगुम कार्मारोङ्ग गाउँ पालिकामा ३९ जना मात्र नयाँ मतदाता थपिएका छन । त्यस्तै सोरु गाउँ पालिकामा ६० जना र खत्याड गाउँपालिकामा ३ सय ४९ जना नयाँ मतदाता थपिएका छन।

प्रकाशित: ६ भाद्र २०७४ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App