coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

डेटिङमा कल्की

मुम्बई – निर्देशक अनुराग कश्यपसँग विवाह गरेर चोट पाएकी बलिउड अभिनेत्री कल्की कोचिलिनले मल्हम लगाउने साथी पाएकी छिन् । कल्कीले फिल्म ‘एयरलिफ्ट’ का कलाकार जिम सर्भको रुपमा त्यस्तो साथी पाएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । 

सन् २००९ मा पहिलोपटक भेटेका कल्की र अनुरागले दुई वर्षको डेटपछि विवाह गरेका थिए । तर, विवाह गरेको झण्डै तीन वर्षपछि उनीहरू अलग भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अनुरागले २३ वर्षीया एक सहकर्मीसँग सम्बन्धअघि बढाएका छन् भने कल्की पनि हाल जिम सर्भसँग डेट गरिरहेकी छिन् । तर, बलिउडको परम्परागत मान्यता अनुसार दुवैले आफ्नो सम्बन्ध औपचारिक रुपमा सकारेका छन्। 

जिम थियटरका चर्चित अनुहार हुन् । उनले ‘नीरजा’ र ‘राब्ता’ मा अभिनय गरेका छन् । कल्की र जिमको पहिलो भेट पनि ‘द लिविङ रूम’ नाटकको मञ्चनको बेला भएको थियो । पहिलो भेटपछि मौलाएको उनीहरूको प्रेमले चाँडै नै विवाहकाो रुपमा पूर्णता पाउने चर्चा पनि चुलिएको  छ  । ‘तर, तत्कालै हामी विवाह गर्ने योजनामा छैनौं । अहिले हाम्रा लागि डेटिङ नै रमाइलो छ,’ कल्कीले भनेकी छन् । सन् २००९ मा अनुरागकै फिल्म ‘देव डि’बाट बलिउडमा डेब्यु गरेकी कल्कीले ‘शैतान’, ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘सांघाई’, ‘ ये जवानी है दिवानी’ जस्ता फिल्ममा अभिनय गरेकी छिन्।

प्रकाशित: ७ भाद्र २०७४ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App