७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ घाइते

नयाँ दिल्ली –उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन। 
बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरूले जानकारी दिएका छन्।
 
उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ। 
यस दुर्घटनामा ७४ व्यक्ति घाइते भएका र ती सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले सञ्चार माध्यमलाई बताएका छन्।
 
भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रुपमा नै निरीक्षण गरिरहेको जानकारी दिएका छन्।
 
भारतको उत्तर प्रदेशका मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए। 
यस घटनाको तीन दिन पछाडी पुनः उत्तर प्रदेशमा नै रेल दुर्घटना भएको छ । रेलको पटरीबाट १४ डिब्बा बाहिर गएपछि रेल दुर्घटना भएको थियो ।

भारतमा बेला बेलामा ठूला ठूला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो बर्ष भएका रेल दुर्घटनामा परी उत्तर प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको थियो भने अरु दूई सय जना घाइते भएका थिए । 

प्रकाशित: ७ भाद्र २०७४ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App