coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाई गोठमा १४ वर्षीया बालिका बलात्कृत

मुगु-  जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा ३० वर्षीय युवकद्धारा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

 बालिकालाई सोही गाउँका पृथ्वीबहादुर बढुवालले बलात्कार गरेका हुन्। बुढा लेकमा रहेको गाई खर्कमा एक्लै भएको मौका छोपी बढुवालले एक हप्ता अघि बलात्कार गरे पनि गाउँलेहरुले घटनालाई गुपचुप बनाउन खोजेको र पीडित बालिकाले करिब चार दिन ढिलो गरि जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराउन आए पछि घटना बाहिर आएको हो।

गाउँलेहरुले घटनालाई गाउँमा नै मिलाउन खोजे पछि पीडित महिला तथा बालवालिका कार्यालयमा पुगेकी थिइन्। बालिका आफै कार्यालय पुगे पछि कार्यालयले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयमा मुद्दा अगाढी बढाउन सिफारिस गरिसकेको महिला तथा बालबालिका कार्यालयका प्रमुख हसिना पराजुली सुवेदीले जानकारी दिईन। पृथ्वीबहादुर बढुवाल फरारा रहेको र प्रहरीले उनको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७४ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App