७ वैशाख २०८१ शुक्रबार
कला

'डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ...' देउडा गीत सार्वजनिक

बाजुरा- यो अछामी बड्डो भाग (२) “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गीत सार्वजनिक भएको छ। गीतकार राजेन्द्र शाह विपिको शव्द/संगीतमा तयार भएको उक्त गीत युट्युव मार्फत विहीबार साँझ सार्वजनिक भएको हो।

                सार्वजिनक भएको यस गीत बजारमा ल्याउनलाई धेरै कठिनाई भएको गीतकार राजेन्द्र शाह विपिले बताए। उनले भने ,'सुदुरपश्चिमको कला संस्कृतिलाई जोगाई राख्न विभिन्न समयमा समय सान्दर्भिक गीतहरु सिर्जना गर्ने गरेको बताए।'

                गीतकार शाहकै लय/शव्दमा विनोद बाजुराली र टिका पुनको स्वरमा दशै अघाडि देउडा गीत बजारमा आउने छ त्यस्तै भर्खरै यसै हप्ता मात्र चर्चित गायक रामचन्द्र काफ्लेको स्वरमा नयाँ टिपिकल गीत रेकर्ड भईसकेको पनि बताए ।

पछिल्लो समयमा देउडा गीत लोप हुन लागेको र सकेसम्म सुदुरपश्चिमको लोक सस्कृति जोगाउनका लागि निरन्तर लागिरहने उनले बताए। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा जन्मेका गीतकार शाहले २०५६ सालबाट लय/शव्द सिर्जना गदै आएका छन् । शाहले डेढ दशकको अवधिमा ७ सय बढी गीत रचना गरिसकेका छन्।

                यस भन्दा अघिको यो अछामी बड्डो बोलको गीतले सुदूर तथा मध्येपश्चिममा राम्रै चर्चा कमाउन सफल भएको थियो । यसै गीतका गीतकार गायक/गायिकाहरुको स्वरमा यो अछामी बड्डो (२) डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ बोलको गित तयार भएको हो।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित गायीका टिका पुन र लालबहादुर धामीको स्वर रहको छ। गीतको लय र संगीत संयोजन भने चर्चित एरेन्जर विनोद बाजुरालीले गरेका हुन् त्यस्तै गीतलाई मिक्सिगं भने चर्चित ध्वनि सम्पादक खड्क बाजुरालीले गरेका छन।

खप्तड डिजिटल म्यूजिक सेन्टरको प्रस्तुतीमा बजारमा आएको यस गीतलाई सुदुरपश्चिमका चर्चित निर्देशक भिम थापाले निर्देशन गरेका छन् । काठमाडौंका विभिन्न स्थानमा छायाकंन गरिएको यस गीतमा गायक लालबहादुर धामी र रमिला कार्कीको अभिनय रहेको छ । गीतको छायाकंन सतिष सिन्हाले गरेका हुन भने भिडिको सम्पादन प्रविन रेश्मीमगरले गरेका छन् । गीतको दृष्य निर्माण भने शिवदर्शन फिलिम्सले गरेको छ।

प्रकाशित: १० भाद्र २०७४ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App