coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

४ हजार ५ सय बाढीपीडितलाई एनआरएनको सहयोग, १७ फोटो हेर्नुहोस्

काठमाडौं— दुई साता अघि आएको बाढीबाट प्रभावित झन्डै ४ हजार ५ सय परिवारलाई गैरआवासीय नेपाली संघले आपतकालीन राहत सामग्री वितरण गरेको छ। गृहमन्त्रालयसँगको समन्वयमा सबैभन्दा बढी प्रभावित सप्तरीका बासिन्दालाई संघले राहत बितरण गरेको हो। संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढीप्रभावित परिवारलाई राहत बितरण गरेको थियो।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त एवं आइसीसी सल्लाहकार त्रिलोक गुरुङसहितका व्यक्तित्व राहत बितरणमा उपस्थित थिए। संघले त्रिपाल, झुल तथा केही दिनका लागि पुग्ने खाद्य सामाग्रीसहितको प्याकेज बनाएर वितरण गरेको हो। जसमा २५ किलो चामल, दाल, नुन, तेलजस्ता अत्यावश्यक खाद्य सामाग्री पनि समावेश थिए। प्रतिपरिवार झण्डै ६ हजार रुपैयाँ बराबरको राहत प्याकेज बितरण भएको छ।

‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त छैन’ अध्यक्ष शेष घलेले राहत बितरण सकिएपछि भने–‘बाढी प्रभावितले गासबासको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर गैरआवासीय नेपाली संघले आपतकालिन राहत मात्रै बितरण गरेको हो, उहाँहरुलाई पुनःस्थापित गर्न नेपाल सरकारले नै काम गर्नुपर्छ।’

राहत बितरणमा सहभागी हुन संघका अध्यक्ष घलेसँगै उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पा, मध्यपूर्व सहसंयोजक धर्मराज गिरी, आईसीसी सदस्य जमुना गुरुङ, महिला संयोजक सपिला राजभण्डारी, आइसीसी सदस्य जयप्रकाश गुरुङ, एमआइटी ग्रुपका म्यानेजर सुरेश चित्रकार, एनआरएन युकेका राजेन्द्र भट्ट तथा नेपालमा रहेका गैरआवासीय नेपाली स्वयंसेवकहरु सप्तरी पुगेका थिए।

राहत बितरण कार्यको संयोजन एनआरएनए बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ र मध्यपूर्व संयोजक धर्मराज गिरीले गरेका थिए।

राहत बितरणसँगै संघले ती स्थानमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ। आइसीसी सदस्य झुमादेवी लिम्बुको संयोजनमा चिकित्सक तथा नर्सहरु सहभागी स्वास्थ्य शिविरले ती क्षेत्रका एक हजार पाँच सय भन्दा धेरै बिरामीलाई प्राथमिक उपचार गरेको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App