७ वैशाख २०८१ शुक्रबार
कला

मिस पोखरामा १९ छानिए

पोखरा- नागरिक दैनिकको पश्चिमेली (पोखरा) संस्करणको प्रस्तुतिमा चर्चित र सर्वाधिक पुरस्कार राशि भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवौं सिजनको अडिसनबाट १९ जना छनोट गरिएको छ। पोखरा जेसिजको आयोजनामा भएको मिस पोखरामा २७ जनाको सहभागिता रहेको थियो। पहिलो र दोस्रो चरण गरेर आइतबारलाई १९ जना छनोट भएका हुन्।

छनोट हुने सबैलाई अब ट्रेनिङ सुरु गरिने कार्यक्रम सहसंयोजक सन्तोष शाहीले बताए। उनका अनुसार ट्रेनिङ झन्डै एक महिनासम्म चल्नेछ। सन् १९९५ देखि सुरु भएको मिस पोखरा मोफसलमै सर्वाधिक चर्चित प्रतियोगिता भएको आयोजकको दाबी छ।

पोखरा जेसिजका अध्यक्ष शिव कोइरालाले मिस पोखरा बन्ने सफल प्रतियोगीले सोझै मिस नेपालको प्रशिक्षणमा सहभागी हुन पाउने बताए। 'मिस पोखरा अन्य सौन्दर्य प्रतियोगिताभन्दा महŒवपूर्ण र प्रतिष्ठित छ,' उनले भने।

मिस पोखरा २०१७ का विजेताले उपाधिसँगै यामाहाको फ्यास्सिनो स्कुटरसहित ५० हजार रुपैयाँ नगद र अन्य आकर्षक उपहार पाउने छिन्। फर्स्ट रनरअपले उपाधिसँगै ३० हजार रुपैयाँ नगद र अन्य आकर्षक उपहार तथा सेकेन्ड रनर अपले उपाधिसँगै २० हजार रुपैयाँ नगद र अन्य आकर्षक उपहार पाउनेछिन्।

अन्य १० वटा विभिन्न सब–टाइटलमा पनि पुरस्कृत गरिनेे उनले बताए। अन्तिम प्रतिस्पर्धा ५ असोजमा हुनेछ। प्रतियोगितालाई मुख्य प्रायोजकको रूपमा मेट्स इन्टरनेसनल एजुकेशन एन्ड भिजा सर्भिसेजले सघाएको छ।

प्रकाशित: १२ भाद्र २०७४ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App