coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

बागदरबार पुनर्निर्माण : सबलीकरण अटेर, भत्काउन तयार

काठमाडौं- भूकम्पले क्षति पुर्‍याएको सुन्धारास्थित राणाकालीन बागदरबार भत्काउने तयारी थालिएको छ।  सबलीकरण (रेट्रोफिट) गर्दा मिल्ने भए पनि काठमाडौं महानगरपालिकाले भत्काएर नयाँ बनाउने तयारी थालेको हो। बागदरबारमा महानगरपालिका कार्यालय रहेको छ।

दुई वर्षअघिको भूकम्पले बागदरबारमा क्षति पुर्‍याएको थियो। त्यसपछि पुरातŒव विभागले अध्ययन गरी सबलीकरण गर्न मिल्ने प्रतिवेदन दिएको थियो। 

विभागले दुई वर्षअघि नै प्रतिवेदन बुझाए पनि महानगरपालिकाले सबलीकरण सुरु गरेन। महानगरमा विद्यासुन्दर शाक्य मेयर बनेपछि भने उनले बागदरबार भत्काएर नयाँ बनाउने घोषणा गरेका हुन्।

विभागले दुई वर्षअघि नै प्रतिवेदन बुझाए पनि महानगरपालिकाले सबलीकरण सुरु गरेन। महानगरमा विद्यासुन्दर शाक्य मेयर बनेपछि भने उनले बागदरबार भत्काएर नयाँ बनाउने घोषणा गरेका हुन्।

गत जेठ १७ गते पदभार ग्रहण गरेकै दिन उनले नयाँ भवन बनाउने निर्णय गरेका थिए। पहिलो नगर कार्यपालिका बैठकबाटै नयाँ भवन बनाउने निर्णय भएपछि अहिले महानगरले बागदरबार भत्काउने कार्य अघि बढाइसकेको छ।

विभागले दुई वर्षअघि नै प्रतिवेदन बुझाए पनि महानगरपालिकाले सबलीकरण सुरु गरेन। महानगरमा विद्यासुन्दर शाक्य मेयर बनेपछि भने उनले बागदरबार भत्काएर नयाँ बनाउने घोषणा गरेका हुन्।

'बागदरबार भत्काएर नयाँ भवन बनाउने तयारी थालिएको छ,' महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'त्यसका लागि हाम्रो सहरी विकास तथा भौतिक पूर्वाधार विभागमार्फत काम अघि बढाएका छौँ।' बागदरबार बन्दा आवासीय भवनका रूपमा निर्माण भएकाले पनि त्यसलाई भत्काउनैपर्ने कार्कीको दाबी छ। महानगरले नयाँ भवनको डिजाइन समेत सुरु गरिसकेको जानकारी दिए।

पुरातŒव विभागले सबलीकरण गर्न भने पनि भवनमा धेरै क्षति भएकाले नयाँ बनाउन लागिएको उनले बताए। महानगरका अनुसार भवनमा वि.सं. १९९३ का इँटा प्रयोग भएको भेटिएको छ। भवन निर्माण भएको एक सय वर्ष नपुगेकाले भत्काउन कानुनले नरोक्ने महानगरको दाबी छ। 'भवनमा प्रयोग भएका इँटाको आधारमा भवन सय वर्ष पुगेको छैन,' महानगर प्रवक्ता कार्कीले भने, 'त्यसैले भत्काउँदा फरक पर्दैन।' अहिलेसम्म भत्काउनु हुँदैन भनेर कतैबाट पनि उजुरी नआएको उनले बताए।

बागदरबार राणाकालीन भएकाले यसको छुट्टै महत्व रहेको भन्दै भत्काउन नमिल्ने पुरातŒव विभागको दाबी छ। 'पुरातात्विक महत्वको हुनको लागि सय वर्ष नै पुग्नपर्छ भन्ने छैन,' पुरातŒव विभागका प्रवक्ता रामबहादुर कँुवरले भने, 'सय वर्ष नपुगेका भवन पनि पुरातात्विक महत्वका हुने हुँदा सय वर्ष पुगेको छैन भन्दै भत्काउन मिल्दैन।'

विभागका इन्जिनियर सम्पत घिमिरेले भूकम्पपछिको अध्ययनले बागदरबारलाई सबलीकरण गर्न सकिने देखिएको बताए। उनले त्यसैअनुरूप प्रतिवेदन महानगरलाई दिइएको जानकारी दिए। 'तत्कालै सबलीकरण गर्नुपर्ने भए पनि प्रतिवेदन पाएको दुई वर्ष पुग्दा समेत महानगरले कार्यान्वन गरेन,' घिमिरेले भने, 'महानगर पहिलेदेखि नै भत्काउने मनसायमा देखिन्छ।' पुरातŒव विभागले भने महानगरलाई भत्काउने अनुमति दिएको छैन। विभागका महानिर्देशक भेषनारायण दाहालले सबलीकरण गर्न सकिने हुँदाहुँदै भत्काउने अनुमति दिन नसकिने बताए।

पुरातŒवविद् पनि जोगाउन मिल्ने अवस्था हुँदा राणाकालीन दरबार भत्काउन नहुने बताउँछन्। 'बागदरबारको उत्खननमा म आफैँ संलग्न रहेको छु,' पुरातŒवविद् तारानन्द मिश्रले भने, 'यसको जग र गाह्रो धेरै बलियो छ, मुगल शैलीको यो दरबार भत्काउनुपर्ने कुनै कारण नै छैन।' कमिसनको खेलमा दरबार भत्काउन तयारी थालिएको उनले आरोप लगाए।

सबलीकरणमा भन्दा भत्काएर निर्माण गर्दा ठूलो रकम चलखेल गर्न पाउने हुँदा बागदरबार भत्काउन महानगर अघि सरेको पुरातŒवविद् मिश्रले दाबी गरे। 'प्रतिशतको हिसाबमा चलखेल हुन्छ,' उनले भने, 'पैसा कमाउन पाएपछि पुरानो कलाशैलीको महत्व भुल्ने गर्छन्।'

महानगरका प्रवक्ता कार्की भने कमिसनको खेल नभएको दाबी गर्छन्। 'कमिसनको केही खेल छैन,' उनले भने, 'सबैतिर भत्किएको भवनलाई कसरी सबलीकरण गर्ने? सबलीकरण गर्दा निर्माण गर्दा लाग्ने कुुल खर्चको ४० प्रतिशत रकम लाग्छ।' कानुनमै पनि ३० प्रतिशतभन्दा बढी रकम सबलीकरणमा लाग्ने देखिएमा भत्काएर बनाउँदा हुने उल्लेख भएको उनी बताउँछन्।

पुरातत्वविद् मिश्रका अनुसार बागदरबार १८६० सालताका भीमसेन थापाले बनाएका थिए। भीमसेनले बनाएको दरबार १९९० सालको भूकम्पले भत्काएपछि त्यही ठाउँमा १९९३ सालतिर जुद्धशमशेरका छोरा हरिशमशेरले अहिलेको बागदरबार बनाएका हुन्।

प्रकाशित: १२ भाद्र २०७४ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App