७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अष्ट्रियामा  ५  हिमाल आरोहीको मृत्यु

भियाना – हिमाल आरोहणका क्रममा अष्ट्रियामा एकै टोलीका ५ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । साल्सवर्गको जेल एम् सीमा हिमाल चढ्ने क्रममा दुर्घटना भएको हो । 

आरोहणको शिलशिलामा करिब २ हजार मिटरको दुरी पार गरिसक्दा उक्त दुर्घटना भएको अष्ट्रियामा कार्यरत  रेडक्रस सोसाइटीलाई  उदृत  गर्दे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनीहरूलाई उद्धार गर्नका लागि करिब पाँचवटा हेलिकप्टर दुर्घटना स्थलमा पठाइएको थियो । मृत्तकहरूको पहिचान भने अहिलेसम्म भइसकेको छैन । घाइतेको अष्ट्रियाकै अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार  पनि आरोहणका शिलशिलामा दुई इटालियन नागरिकको मृत्यु भएको थियो । उक्त टोलीमा ९ आरोहीहरू सामेल थिए ।

 

 

 

प्रकाशित: १२ भाद्र २०७४ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App