५ वैशाख २०८१ बुधबार
कला

१० वर्षपछि  सरिता-ऋषिको 'परिचय'

काठमाडौं- नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल 'परिचय' १० वर्ष पछि आइतबार पुन: प्रशारणमा आएको छ।

ऋषी लामिछानेकै निर्देशन र सरिता लामिछानेको अभिनय रहेको सिरियलमा अभिनेता सरोज खनाल पनि देखिएका छन्। खनाल २३ वर्षपछि सानो पर्दामा फर्किएका हुन्। 'सिरियलले नै मलाई परिचय दिलाएकाले म योबाट टाढा रहन सक्दिन', सिरियल सुरु भएपछि सरिताले भनिन्, 'सिरियल मेरो प्राण हो त्यसैले हामी नयाँ सिरियल सुरु गर्ने तयारीमा पहिले देखिनै थियौं। धेरैको सल्लाह र दर्शकको चाहना बमोजिम 'परिचय'लाई पुनर्जन्म दिएका हौं।'

परिचय एकताका नेपाल टेलिभिजनको १ नम्बर रेटिङमा रहेर लामो समय प्रसारण भएको टेलिसिरियल हो। ४ वर्ष सम्म चलेको यो सिरियल १ सय ४१ भागसम्म प्रशारण भएको थियो।

निर्देशक लामिछानेका अनुसार सिरियल नयाँ कथामा आधारित छ। 'नाम पुरानो भए पनि कथा नयाँ हो', सिरियलबारे उनले भन, 'हाम्रो समाजमा सबैले आआफ्नो परिचय खोजिरहेका हुन्छन्। तिनै परिचय खोज्नेहरुको कथा हो यो। हरेक परिवारमा आउने द्वन्द्वलाई पनि यसमा समेटिएको छ', उनले भने।

सिरियलमा सुनिल कटुवाल, वर्षा राउत, मिस टिन जस्मिन खड्का, गौरव प्रभाष, कविता शर्मा, डिवि भोम्झन लगायत कलाकारको अभिनय छ। सिरियल हरेक साताको आइतबार नेपाल टेलिभिजनबाट ८:५० मा प्रशारण हुनेछ।

प्रकाशित: १२ भाद्र २०७४ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App