७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

टेक्सासको बाढीमा  ९ को मृत्यु

टेक्सास- अमेरिकाको टेक्सास राज्यमा  आँधी पश्चात् आएको बाढीमा परी ९ जनाको मृत्यु भएको छ। बाढी प्रभावित करिब दुई हजारको उद्धार गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने ह्वाइट हाउसले बताएको छ। टेक्सासको इतिहासमा  यो  पहिलो भयानक बाढी हो।  लगातारको वर्षाका कारण आएको बाढीले टेक्सास राज्यको जनजीवन अस्तव्यस्त बनेको हो।

हार्भी नामक आँधीका कारण भएको वर्षाले बाढी निम्त्याएको अधिकारीहरूले बताएका छन्। बाढीका कारण ज्यान गुमाउनेहरूप्रति टेक्सास राज्यका गर्भनरले समवेदना व्यक्त गर्दै मृत्तक परिवारहरूलाई उचित राहात दिइने बताएका छन्। बाढीका कारण टेक्सास राज्यको होस्टन र वरिपरिका क्षेत्र डुबानमा परेका छन्।

बाढीका कारण सडकमा रहेका सवारी साधनहरू समेत डुबानमा परेका छन्। होस्टन महानगर तथा टेक्सास राज्यका करिब २५० सडकहरू बाढीका कारण अबरूद्ध हुन पुगेका छन् । राष्ट्रिय मौसम विज्ञान विभागका अनुसार यो घटना अमेरिकाको इतिहासमा नै अकल्पनीय घटना हो। बाढीका कारण विस्थापितहरूलाई अस्थाई शिविरको व्यवस्था गरिएको छ । 

प्रकाशित: १३ भाद्र २०७४ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App