coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्छः चीन

बेइजिङ– महिनौं लामो सिमा विवादपछि भारतीय सेना भारत, चीन र भुटानबीचको विवादित भूमि दोक्लाममा आफ्नो सेनाले भने उक्त क्षेत्रमा गस्ती गरिरहने चीनले मंगलबार बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयियाङले दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद निम्त्याएको चिनियाँ सडक निर्माण कार्य भविष्यमा निरन्तरता हुने वा नहुने भन्ने विषयमा भने खुलासा गर्न अस्विकार गरेकी छिन्।

‘चिनियाँ सेना दोक्लाममा नै रहने छन् र हामी ऐतिहासिक सम्मेलनका आधारमा हाम्रो स्वाधीनताको अभ्यास गरिरहन्छौं,’ नियमित पत्रकार सम्मेलनका क्रममा हुवाले बताइन्।

‘चिनियाँ सेना दोक्लाममा नै रहने छन् र हामी ऐतिहासिक सम्मेलनका आधारमा हाम्रो स्वाधीनताको अभ्यास गरिरहन्छौं,’ नियमित पत्रकार सम्मेलनका क्रममा हुवाले बताइन्। चीनले दोक्लाम क्षेत्रमा सडक निर्माण गर्न थालेपछि जुन महिनाको मध्यबाट भारत र चीनबीच त्यस विषयलाई लिएर विवाद चुलिएको थियो। खासगरी विवाद भारतको सहयोगी भुटान र चीनबीच सर्वप्रथम विवाद चुलिएको थियो। भारतले भुटानलाई आफ्नो भूभागको रुपमा नहेरेपनि त्यहाँ भारतीय सेना रहेका छन्। भारत सरकारले सोमबार बेइजिङ र नयाँ दिल्ली दुवैले दोक्लाममा रहेका आ–आफ्ना सेना फिर्ता लाने सहमति गरेको बताएको थियो।

दोक्लाम क्षेत्रमा चीनले सडक निर्माण गर्ने कार्य रोक्ने हो भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयकी प्रवक्ता हुवाले त्यस क्षेत्रमा सडकलगायतका कुनैपनि भौतिक पूर्वाधार निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा उचित तथ्यलाई विचार गर्ने बताइन्।

दुई महिनाभन्दा लामो सिमा विवाद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स राष्ट्रको समूह बैठकका लागि चीन जानुभन्दा केही दिन अघि सहज भएको छ। ब्रिक्स राष्ट्रको समूहमा भारत र चीनसहित ब्राजिल, रुस र दक्षिण अफ्रिका रहेका छन् । दोक्लाम विवाद ब्रिक्सको बैठकमा द्वन्द रोक्नका लागि मात्रै समाधान गरिएको हो भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयकी प्रवक्ता हुवाले ब्रिक्स सम्मेलनको सफलताले सरोकार सबैको स्वार्थ पूर्ति हुने बताइन् ।

दोक्लाम विवादको समाधानलाई लिएर भुटानले पनि स्वागत गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । भुटानको विदेश मन्त्रालयले दोक्लाम क्षेत्रबाट चीन र भारत दुवै देशका सेना आमने सामने नहुने विषयको भुटानले स्वागत गर्दछ भनेको छ।

प्रकाशित: १४ भाद्र २०७४ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App