७ वैशाख २०८१ शुक्रबार
प्रविधि

‘वान प्लस–३’ नेपाली बजारमा

काठमाडौं–आइहब प्रालिले चाइनिज मोवाइल कम्पनी वान प्लस–३ को नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ।
 ६ जिबी ¥याम रहेको वान  प्लस –३ मा प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ। उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ।

८ सय २० क्वाड प्रोसेसर रहेको स्मर्टफोनमा ३ हजार एमएचपी ब्याट्री रहेको विज्ञप्त्तिमा उल्लेख गरिएको छ। केही घण्टामा नै मोबाइल चार्च हुने ड्यास चार्जर उक्त स्मार्टफोनको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ।

नेपाली स्मार्टफोनको पारखीको मागलाई ध्यान गर्दै वान प्लस –३ नेपाली बजारका भित्राएको आइहबका निर्देशकद्वय शिरिष मुर्रारका र लोकेश ओलीले बताए। मुर्रारकाले भने, ‘नेपाली बजारमा नयाँ प्रविधियुक्त स्मार्टफोनको माग बढ्दो छ र यसलाई ध्यानमा राख्दै हामीले हाम्रा ग्राहाकका लागि वान प्लस –३ बजारमा ल्याएका हौं।’ उस स्मार्टफोनमा भएको ड्यास चार्जले ग्राहकलाई आकर्षित पार्ने कम्पनीले विश्वास लिएको छ। उक्त ड्यास चार्जको प्रयोग गरी ग्राहकले आधा घण्टामा नै आफ्नो मोबाइल फुल चार्ज गर्न सक्छन्। उक्त स्मार्ट फोनको बजार मूल्य ४९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: १२ श्रावण २०७३ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App