coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हिरोको भन्दा दीपिकाको पारिश्रमिक बढी

मुम्बई- बलिउडमा जहिल्यै पनि अभिनेता र अभिनेत्रीले समान पारिश्रमिक पाउँदैनन् भन्नेमा बहस भइरहन्छ । अभिनेत्रीहरू चाहे छोटो भूमिकामा हुन् या मुख्य भूमिकामा हुन् । उनीहरूको पारिश्रमिक अभिनेताको भन्दा निकै कम हुने गर्दछ । तर, अभिनेत्री दीपिका पादुकोणले भने आफ्नो पारिश्रमिकका कारण अभिनेतालाई पछि पारेकी छिन् ।

दीपिका यतिबेला फिल्म ‘पद्मावती’को काममा व्यस्त छिन् । यो फिल्ममा रणवीर सिंह र शाहिद कपुर मुख्य भूमिकामा छन् । समाचार अनुसार दीपिकाले यी दुई अभिनेताको भन्दा निकै बढी रकम पारिश्रमिकबापत बुझेकी छन् । उनले यो फिल्मबाट १३ करोड पारिश्रमिक लिएकी छिन् जबकी रणवीर र शाहिदको पारिश्रमिक जनही १० करोड छ ।

यो फिल्म दीपिकाकै वरीपरी घुम्नेछ । त्यसकारण पनि दीपिकाले अभिनेताको भन्दा बढी पारिश्रमिक लिनु जायज रहेको फिल्म विश्लेषकको बुझाइ छ । फिल्म ‘पद्मावती’मा दीपिका, रणवीर र शाहिदको पारिश्रमिकको विषय लिएर धेरै अड्कलबाजी गरिएको थियो। यो फिल्ममा कसले बढी पारिश्रमिक लियो भन्ने विषयमा सबैको चासो थियो । तर, फिल्मका निर्देशक सञ्जय लीला भन्साली फिल्मको कथा दीपिकाको वरपर घुम्ने भएकाले पारिश्रमिक पनि दीपिकाकै बढी भएको बताएर अनुमानमा पूर्णविराम लगाइदिएका छन् ।

दीपिकाले भने आफ्नो पारिश्रमिकका बारेमा हालसम्म केही बोलेकी छैनन् । यदि यो कुरा सत्य हो भने यो फिल्म अभिनेत्रीलाई सर्वाधिक पारिश्रमिक दिने फिल्मको रुपमा दर्ज हुनेछ । फिल्म यसै वर्षको नोभेम्बरमा रिलिज हुँदैछ ।

प्रकाशित: १५ भाद्र २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App